न्युयोर्कमा अब बलात्कारको नयाँ विस्तृत परिभाषा, असहमतिपूर्ण यौन सम्पर्कका धेरै रूपहरू समावेश


प्रकाशित मिति : माघ २८, २०८० आईतबार

orange and white happy birthday balloons

न्युयोर्कको कानुनमा अब बलात्कारको नयाँ विस्तृत परिभाषा समावेश गरिएको छ । आगामी सेप्टेम्बर १ देखि लागु हुने बलात्कारको नयाँ परिभाषामा असहमतिपूर्ण यौन सम्पर्कका धेरै रूपहरू समावेश गरिएको छ । गभर्नर क्याथी होकुलले हस्ताक्षर गरेको यो कानुनमा अब असहमतिपूर्ण गुदा, मुख वा योनीसँग सम्बन्धित यौनजन्य अन्य गतिविधिहरुलाई पनि बलात्कारको परिभाषाभित्र समेटिएको छ ।

पुरानो कानुनमा बलात्कारको परिभाषामा पर्नलाई सहमतिविना योनिमा लिंग प्रवेश गरेको हुनुपर्ने प्रावधान रहेको छ । अन्य असमहतिपूर्ण यौनजन्य गतिविधिलाई यौन दुव्र्यवहारको रुपमामात्र परिभाषित गरिदै आएकोमा नयाँ कानुनले पुरानो कानुनमा यौन दुव्र्यबहार मानिदै आएका कतिपय विषयलाई पनि बलात्कार नै मान्नेछ ।

राज्यको हालको बलात्कारको सीमित परिभाषा लेखक ई जीन क्यारोलको यौन दुर्व्यवहार र डोनाल्ड ट्रम्प विरुद्ध मानहानि मुद्दामा एक कारक थियो। बलात्कारको सिमित परिभाषाका कारण फेडरल सिभिल ट्रायलको जूरीले गत मेमा लेखकको बलात्कारको दावीलाई अस्वीकार गरेको थियो । बरु ट्रम्पलाई कम मात्रामा यौन दुर्व्यवहारको लागि जिम्मेवार ठहराएको थियो ।

(Photo by Brendan Smialowski / AFP)

डेमोक्र्याटिक गभर्नर क्याथी होकुलले बलात्कारको नयाँ परिभाषाले बलात्कार पीडितहरूलाई अपराधीहरूविरुछ मुद्दा चलाउन मुद्दाहरू अगाडि ल्याउन सजिलो बनाउने बताएकी छिन् । तर यो कानुन सन् २०२४ को सेप्टेम्बर १ मा वा त्यपछि भएका यौन अपराधहरुमा लागू हुनेछ। पुरानो कानुनमा भएको प्रावधानले न्युयोर्कमा बलात्कारलाई मुद्दा चलाउन धेरै गाह्रो थियो । जसका कारण प्रतिवादीहरूले कानुनमा अष्पष्ट क्षेत्र श्रृजना गरेर जुरीहरुलाई भ्रमित पार्ने बलात्कार पीडितहरुलाई अपमानित गर्ने अवस्था आएको थियो ।

म्यानहटनको लक्जरी डिपार्टमेन्ट स्टोरमा भएको यौनजन्य गतिविधिका सन्दर्भमा रहेको ट्रम्प बिरूद्ध क्यारोलको मुद्दामा न्यायाधीशले जूरीको निर्णय न्युयोर्क दण्ड कानुनमा रहेको बलात्कारको संकीर्ण र प्राविधिक अर्थमा आधारित रहेको बताएका थिए । फैसलाको मतलब क्यारोलले ट्रम्पबाट बलात्कार भएको प्रमाणित गर्न असफल भएको नभई बलात्कार शब्दलाई सामान्य रूपमा बुझिनु रहेको न्यायाधिसले बताएका थिए ।

अमेरिकामा विभिन्न राज्यहरूले बलात्कारलाई विभिन्न तरिकामा परिभाषित गर्छन् । प्रत्येक राज्यले असहमतिमा हुने मुख, गुदा, र योनी सम्बन्धित यौनजन्य गतिविधिलाई अपराधीकरण गर्दछ । न्युयोर्कको सेप्टेम्बर १ सम्म कायम रहने पूरानो कानुनमा योनि वा अन्य शारीरिक छिद्रमा लिंग बाहेक अरू कुनै पनि चीजको प्रवेशलाई बलात्कार नमानी यौन दुर्व्यवहार भनेर परिभाषित गरेको छ । धेरै अन्य राज्यहरूले बलात्कार बाहेक अन्य श्रेणीमा असहमतिमा हुने मौखिक वा गुदा यौन सम्पर्क राख्न जारी राखेका छन्।

कानुनको नयाँ परिभाषाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्ने असहमतिपूर्ण यौनजन्य गतिविधिलाई पनि समेटेको छ । यो कानुनको स्पोन्सर राज्यका सिनेटर ब्राड होइलम्यान सिगलले गरेका हुन् । नयाँ परिवर्तनहरूले समलिंगी तथा तेश्रो लिंगी समुदायका सदस्यहरूलाई यौन अपराधका दोषीहरूलाई जवाफदेही बनाउन पनि सजिलो बनाउने उनले बताए । यस अघि, धेरै यौन आक्रमणहरू न्युयोर्क राज्यमा बलात्कारको रूपमा वर्गीकृत नभएकोमा अब आफूहरुले त्यो भाषा ठीक पारेको उनले बताए ।

(बलात्कार वा यौन दुर्व्यवहारको मुद्दाबाट प्रभावित जो कोहीको लागि जानकारी र सहयोग अमेरिकामा रेन नामको संस्थाले प्रदान गर्दछ । त्यसका लागि ८०० ६५६ ४६७३ मा सम्पर्क गर्न सकिन्छ ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com