कास्कीमा पहिरो, चार वालवालिकाको मृत्यु
प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार
कास्कीको लेखनाथमा पहिरोले घर पुर्दा चार वालवालिकाको ज्यान गएको छ ।
लेखनाथ ४ खरानीटारमा घर माथिको ढिस्को खसेर पुरिदा दुई वालिका र दुई वालकको ज्यान गएको हो ।
दुई जना गम्भिर छन् ।अविरल बर्षाको कारण गएराती १२ बजे ढिस्को खस्दा १० बर्षीय रजिना सुनार, ८ बर्षीय अञ्जिला सुनार, २ बर्षीय सलमान सुनार र १४ बर्षीय निसान सुनारको ज्यान गएको हो ।
उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको हो । पहिरोमा पुरिएका २५ बर्षीय माया सुनार र ११ बर्षीय सजिना सुनारको अबस्था गम्भिर छ ।
त्यस्तै कालिका गाविस ६ को पुनपधेलीमा पहिरो जादा ४८ बर्षीय भिमा तिमल्सिना र ५३ बर्षीय मोदराज तिमल्सिना पनि गम्भिर घाईते भएका छन् ।
उनीहरुको गण्डकीमा उपचार भैरहेको छ ।