‘आफ्नो’मार्फत अब अमेरिकाबाट नेपाल रकम पठाउँदा पछि किस्तामा तिर्न सकिने सुविधा समेत


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब योग्य प्रयोगकर्ताहरुले अहिले रकम पठाएर पछि तिर्नसमेत पाउने भएका छन् । अर्थात् आफूसँग रकम नभएको बेला पनि इमर्जेन्सीरुपमा रकम पठाउन योग्य सेवाग्राहीहरुले उधारो सेवा समेत पाउने भएका छन् ।  यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई नेपालमा आफ्नो लाभार्थीलाई रकम पठाउन र न्यूनतम शुल्कमा किस्तामा फिर्ता गर्न अनुमति दिनेछ।

पछि तिर्ने रकममा ब्याज नलिइने केबल न्यूनतम शुल्कमात्र लिइने आफ्नोले जनाएको छ । रकम २ महिनामा ४ सहज किस्तामा वा ३ महिनामा ६ सहज किस्तामा तिर्न सकिनेछ ।

त्यस्तै डलर खातामा रकम जम्मा गर्न चाहनेहरुले एक वर्षको विदेशी मुद्रा फिक्स्ड डिपोजिटमा ५ दशमलव ११ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् तर त्यसका लागि न्यूनतम १ हजार डलर डिपोजिट गर्नुपर्नेछ । ब्याजसहितको रकम एकबर्षमा विदेशी मुद्रामा नै शतप्रतिशत आफ्नो देशको खातामा फिर्ता पाउन सकिनेछ । यो अफरका लागि कम्तीमा एकबर्ष रकम डिपोजिट गर्नुपर्नेछ ।

नेपाली रुपैयामा नै फिक्स्ड डिपोजिट गर्न चाहनेहरुले पनि सिधै अमेरिकाबाट रकम डिपोजिट गरेर ८ दशमलव ५१  प्रतिशतसम्म ब्याज पाउन सक्नेछन् । ब्याज प्रत्येक चौमासिकमा प्रदान गरिनेछ । यसका लागि आफ्नोले कुमारी बैंक लिमिटेडसँग सहकार्य गरेको छ । अमेरिकाबाट नेपालमा कुमारी बैंकमा समेत आफ्नोमार्फत नै खाता खोल्न सकिनेछ ।

यदि तपाईंले आफ्नोको एकाउनन्टमा लग इन गर्नुभयो भने यसले तपाईंलाई यी अफरहरुका बारेमा विवरणहरू देखाउनेछ। तपाईले ती मध्ये कुनै अफर छनौट गरेर आकर्षक ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ ।

रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट भएको पाइएको छ ।  वेवसाइटका अतिरिक्त एप स्टोर र गुगल प्लेबाट एप्लिकेशन डाउनलोड गरेर सहजै रकम पठाउन सकिने भएकाले यो प्रयोग पनि निकै सहज रहेको छ ।

अमेरिकामा रहेका व्यक्तिले बैंक ट्रान्सफर, बैंक डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोग गरि रकम पठाउन सक्ने भएतापनि क्रेडिट कार्ड र डेबिट कार्ड प्रयोग गरेर रकम पठाउँदा भने शुल्क केही महँगो रहेको छ । बैंक ट्रान्सफर वा बैंक डिपोजिटको विकल्प रोजेको खण्डमा भने ५९ सेन्टसमा नै रकम पठाउन सकिनेछ । क्रेडिट कार्डबाट पठाउँदा ३ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भने डेबिट कार्ड प्रयोग गरि पठाउँदा १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ ।

रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुने आफ्नोले प्रतिबद्धता जनाएको छ । खसोखासले गरेको परिक्षणमा १ घण्टा ४५ मिनेटमा रकम जम्मा भएको पाइएको थियो । त्यस्तै ‘आफ्नो’ले दिने रेटपनि उत्कृष्ट रहेको पाइएको छ ।

बैंकबाट सिधै एसीएच गरेर नेपाल रकम पठाउँदा कतिपय मनी ट्रान्सफरहरुले २ दिनसम्म लगाउने गरेका छन् । तर आफ्नोले भने यसरी रकम पठाउँदा पनि २ घण्टाभित्रै नै बैंक खातामा रकम डिपोजिट गरिदिने गरेको छ । भरपर्दो र सुरक्षित कम्पनी प्लेडमार्फत एकाउन्टको विवरण प्राप्त हुने भएकाले आफ्नोले ग्राहकको अमेरिकामा रहेको एकाउन्टमा सिधै पहुच कायम गर्न सक्दैन । सेवाग्राहीको डाटा सुरक्षित राख्न बैंक स्तरको सुरक्षा प्रयोग गर्ने आफ्नोले बताएको छ ।

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com 

‘आफ्नो’को वेवसाइट र एप्लीकेशनहरु प्रयोग गर्न सहज रहेको छ भने केवाईसी भेरिफाइ पनि सहजै र छिटो हुने गरेको छ । तर कतिपय अवस्थामा एकाउन्ट खोल्ने क्रममा ओटीपी कोड प्राप्त हुनमा भने लामो समय लाग्ने गरेकोमा अहिले भने यो समस्या समाधान गरिसकेको कम्पनीले जनाएको छ । यदि ओटीपी कोड आउनमा ढिलाई भएमा फर्गेट पासपोर्ट विकल्प प्रयोग गरेर समेत छिटो कोड प्राप्त गर्न सकिन्छ ।

यदि कुनै समस्या भएमा च्याटमार्फत वा फोनमार्फत पनि सम्पर्क गर्न सकिन्छ । यसरी सम्पर्क गर्दा तपाईले नेपाली भाषामा नै बोलेर सेवा प्रदान गर्ने कर्मचारीहरु पाउनुहुनेछ ।

यदि तपाईपनि आफ्नो मार्फत सहजै रकम पठाउन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com