अमेरिकाको गैर आप्रवासी भिसा पाउने नेपालीको संख्यामा रेकर्ड ब्रेक, अप्रिलमा बर्षकै धेरैलाई भिसा


प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिलमा गैर आप्रवासी भिसा पाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । अप्रिल महिलामा २३८४ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् ।

अप्रिलमा कैयन नेपालीहरुले अमेरिकाको भिजिटर भिसा नपाएको गुनासो गरेतापनि पाउने नेपालीहरुको संख्या मार्चको तुलनामा बढी छ । मार्चमा २०९८ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । फेब्रुअरीमा भने २९९१ जना नेपालीले अमेरिकाको भिजिटर भिसा पाए, यो संख्या जनवरीमा २३६६, डिसेम्बरमा १९०७, नोभेम्बरमा १७८१ र अक्टोबरमा २०८१ थियो ।

त्यस्तै अप्रिलमा १३९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । साथै उनीहरुका ४० जना डिपेन्डेन्टहरुले पनि अमेरिकाको एफ टु भिसा पाएका छन् । अप्रिलमा विद्यार्थी भिसा पाउने नेपालीको संख्या मार्चको तुलनामा अत्यन्तै धेरै हो । मार्चमा जम्मा ३९५ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।

त्यस्तै अप्रिलमा ६६ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एचवान बी पाएका छन् भने ८१ जनाले एक्सचेन्ज भिजिटर जे वान भिसा पाएका छन् । मार्चमा ५६ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाएका थिए भने ५७ जनाले जे वान भिसा पाएका थिए ।

यसरी अप्रिलमा कुल ४१५८ जना नेपालीहरुले अमेरिकाको विभिन्न श्रेणीको गैर आप्रवासी भिसा पाएका छन् । जब की मार्चमा २८४९ जना नेपालीहरुलेमात्र अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरेका थिए । फेब्रुअरीमा ३४८० जना नेपालीहरुलेमात्र अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । जनवरीमा ३८३५ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरेका थिए ।

अक्टोबरमा २९६८ नोभेम्बरमा ३०४३ र डिसेम्बरमा ३९०३ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । यद्यपी डिसेम्बरमा विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या चालु आर्थिक बर्षमा सबैभन्दा धेरै १६०४ रहेको छ । तर बर्ष २०२४ मा भने सबैभन्दा धेरै विद्यार्थी भिसा नेपालीहरुले अप्रिलमा पाएका छन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com