के न्युयोर्कमा भेटिएको रकम आफूले राख्न पाइन्छ?


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

three round gold-colored coins on 100 US dollar banknotes

यदि तपाईंले न्यूयोर्क राज्यमा हराएको नगद फेला पार्नुभयो भने के तपाईं आफूसँग राख्न सक्नुहुन्छ ? यदि तपाईंले पैसाको झोला फेला पार्नुभयो भने के तपाईंले प्रहरीलाई बुझाउनुको सट्टा आफैसँग राख्ने निर्णय गर्न सक्नुहुन्छ ? यसबारे कतिपयलाई जिज्ञासा हुनसक्छ ।

न्युयोर्कमा कैयन नेपालीहरुले बेलाबेलामा रकम वा मूल्यवान सामान फेला पार्ने गरेका घटनाहरु नयाँ होइनन् । खासगरी उबर चालकहरुले रकम वा मूल्यवान सामानहरु फेला पार्ने गरेका घटना अधिक हुने गरेका छन् ।

तर न्युयोर्कको कानून तपाईले नगद फेला पार्नुभयो भने तपाईले के गर्नु पर्छ भन्ने बारे धेरै स्पष्ट छ। न्युयोर्क राज्यको कानून अनुशार २० डलरभन्दा धेरै रकम भेटिएको खण्डमा आफूसँग राख्नु गैरकानूनी हुन्छ । न्युयोर्क सिटीमा यसको थ्रेसहोल्ड १० डलर छ ।

कानूनमा प्रष्ट भनिएको छ – ‘बीस डलर वा सोभन्दा बढी मूल्यको हराएको सम्पत्ति फेला पार्ने व्यक्तिले दश दिनभित्र त्यसको मालिकलाई फिर्ता गर्ने वा त्यस्तो फेला परेको जानकारी दिने र त्यस्तो सम्पत्ति फेला परेको सिटीको प्रहरीलाई बुझाउने गर्नुपर्छ । सार्वजनिक भवन ऐनको दफा २ मा उल्लेख भए बमोजिम सार्वजनिक भवन वा जग्गामा भेटिएको रकम उक्त भवनको सुरक्षालाई पनि जिम्मा लगाउन सकिनेछ ।’

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com

यदि मालिक चिनिएको छैन भने यसलाई फेला पारेको १० दिन भित्र प्रहरीमा बुझाउनुपर्छ। यदि तपाईंले शहर बाहिर कुनै पनि हराएको वस्तुहरू फेला पार्नुभयो भने तपाईंले यसलाई राज्य प्रहरी वा राज्य पार्क प्रहरीलाई बुझाउन सक्नुहुन्छ। तपाईंले लस्ट एण्ड फाउण्ड अफिस वा सुरक्षा कार्यालयमा पनि फर्काउन सक्नुहुन्छ । यदि तपाईंले हराएको वस्तु फिर्ता नगर्ने निर्णय गरेमा तपाईंलाई दुराचारको आरोप लाग्न सक्छ ।

प्रावधानहरूको पालना गर्न अस्वीकार गर्ने वा जानाजानी बेवास्ता गर्ने व्यक्तिलाई दुराचारको दोषी ठहराइने तथा त्यसको पुष्टि भएमा एक सय डलरभन्दा बढी जरिवाना वा छ महिनासम्म जेल सजाय वा दुबै सजाय हुनसक्ने प्रावधान छ । उचित च्यानलहरू मार्फत नगई भेटाएको पैसा आफैसँग राख्नाले तपाईंलाई न्युयोर्क राज्यमा धेरै समस्या पर्नसक्छ । प्रतिक्षा अवधि बितिसकेको छ र सही मालिक फेला परेको छैन भेट्टाउने व्यक्ति पनि उक्त रकमको हकदार हुन सक्छ ।

एकसय डलरसम्मका लागि प्रतिक्षा अवधि ३ महिना रहेको छ भने १ सयभन्दा माथि र ४९९ डलरसम्मका लागि ६ महिना रहेको छ । ५ सयदेखि ४ हजार ९ सय ९९ डलरसम्मका लागि प्रतिक्षा अवधि एकबषएको रहेको छ । ५ हजार डलरभन्दा माथिको हकमा प्रतिक्षा अवधि ३ बर्षको रहेको छ । यो प्रतिक्षा अवधिमा पनि रकम दावी गर्न कोही नआएमा यो रकम भेट्टाउने व्यक्तिलाई नै दिने प्रावधान छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com