राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा सबै अभियोगमा दोषी ठहर


प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा सबै अभियोगमा दोषी ठहर भएका छन् । एक संघीय जूरीले हन्टर बाइडेनलाई तीनवटा संघीय अभियोगमा दोषी ठहर गरेको हो । उनले लागूऔषध दुर्व्यसनीहरूलाई बन्दुक राख्नबाट रोक्ने कानूनको उल्लंघन गरेको ठहर गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको नजिकको परिवारको सदस्यलाई उनीहरूको बुबाको कार्यकालमा अपराधको लागि दोषी ठहर गरिएको अमेरिकामा पहिलो पटक हो । यद्यपि उनका अपराधहरू राष्ट्रपतिको रूपमा जो बाइडेनको कार्यकाल सुरु हुनुभन्दा अघिका थिए।

हन्टर बाइडेन आफ्नी श्रीमती मेलिसा कोहेन बाइडेनका साथमा शुक्रवार संघीय अदालतमा पुग्दा । (एपी फोटो /म्याट स्लोकम)

फैसला पढ्दा हन्टर बाइडेनले सीधा अगाडि हेरेका थिए भने थोरै भावुकता देखाएका थिए । फैसला डेलावेयरको संघीय अदालतमा दुई दिनमा तीन घण्टासम्म छलफल गरेपछि पढिएको थियो । उनले आफ्ना वकिलहरूलाई अँगालो हालेका थिए र मुस्कुराएका थिए । उनले त्यसपछि अदालतबाट बाहिर निस्कनु अघि आफ्नी श्रीमती मेलिसालाई चुम्बन गरे ।

राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा आफ्नो छोराको लागि समर्थन व्यक्त गरेका छन् । उनले न्यायिक प्रक्रियालाई सम्मान गर्न जारी राख्नेछ बताएका छन् । साथै हन्टर बाइडेनले पुनरावेदनबारे विचार गर्ने उनले बताएका छन् ।

हन्टर बाइडेन जुन ६ मा संघीय भवन छोडने क्रममा। (फोटो:  केभिन डाइट्स /एएफपीमार्फत गेटी)

यी मामिलाहरुमा हन्टर बाइडेनलाई २५ वर्ष जेल सजाय र ७ लाख ५० हजार डलर सम्मको जरिवानाको हुनसक्नेछ । यद्यपि उनले पहिलो पटक गरेको अपराधका रुपमा अधिकतम भन्दा धेरै कम सजाय पाउनेछन् । उनका लागि सजाय तोक्ने सुनुवाई मध्य अक्टोबरतिर हुने जनाइएको छ ।

धेरै जसो सुनुवाईमा बसेकी प्रथम महिला जिल बाइडेन जूरीले आफ्नो फैसला सुनाएको केही मिनेट पछि अदालतमा पुगेकी थिइन् । फैसला पढ्दा उनी अदालतको कोठामा थिइनन् । हन्टर बाइडेन आफ्नाी आमा र श्रीमतीको हात समातेर अदालतबाट निस्किएका थिए । उनीहरूले पत्रकारहरूसँग कुरा गरेनन्, सिधै उनीहरुलाई पर्खेको एसयूभीमा चढे र बाहिर निस्के।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com