‘पाइरेट्स अफ द क्यारेबियन’का कलाकार टमायो पेरीको अमेरिकामा शार्कको आक्रमणमा मृत्यु


प्रकाशित मिति : असार १०, २०८१ सोमबार

a great white shark with its mouth open in the water

चलचित्र पाइरेट्स अफ द क्यारेबियनका कलाकार टमायो पेरीको अमेरिकाको हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट मृत्यु भएको छ । ४९ वर्षीय पेरीको आइतबार दिउँसो मृत्यु भएको होनोलुलुको आपतकालीन सेवाले पत्रकार सम्मेलनमा पुष्टि गरेको छ ।

स्थानीय समय अनुसार दिउसो १ बजे मलेकहाना समुन्द्री तटमा आपतकालीन सेवाहरू बोलाइएको थियो । तर लाइफगार्ड समेत रहेका पेरीलाई जेट स्कीद्वारा किनारमा ल्याएपछि प्यारामेडिकहरूले मृत घोषित गरेका थिए ।

पेरीले पाइरेट्स अफ द क्यारिबियनः अन स्ट्रेंजर टाइड्स नामको चौथो फिल्ममा बुकेनेरहरू मध्ये एकको अभिनय गरेका थिए । जोनी डेपले समुद्री डाकू क्याप्टेन ज्याक स्प्यारोको भूमिका खेलेका यो चलचित्रमा पेनेलोप क्रुज र जेफ्री रशको पनि अभिनय छ ।

पेरीले अन्य चलचित्रहरुमा पनि अभिनय गरेका थिए भने कोकाकोलाको विज्ञापनमा पनि थिए । ओआहुको पूर्वी भागमा जन्मेका पेरीले एक दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा सर्फिङ गरिरहेका थिए।

उनले विश्वको सबैभन्दा घातक लहरमा सर्फिङ गरेका आफ्ना अनुभवहरू पनि सुनाउने गरेका थिए । उनी केही बर्ष अगाडि पनि एउटा भयानक दुर्घटनामा मुस्किलले बचेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com