विमानमा यात्रा गर्दा वा विमान चढ्नु अगाडि कति मदिरा सेवन गर्न पाइन्छ?


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

people seating in vehicle

बेला बेलामा अन्तर्राष्ट्रिय उडानहरुका सन्दर्भमा विमानमा यात्रा गर्नु अगाडि अत्याधिक मदिरा सेवन गरेका यात्रुहरुलाई विमान चढ्न नदिएका घटनाहरु सार्वजनिक हुने गर्छन् । त्यसैले विमानमा यात्रा गर्दा वा विमान चढ्नु अगाडि कति मदिरा सेवन गर्न पाइन्छ भन्नेबारे जिज्ञासा हुनसक्छ ।

सामान्यतया मदिरा सेवन गरेर देखिने गरी मात्तिएको वा आफूलाई आफैले सम्हाल्न नसक्ने अवस्थामा रहेको यात्रुलाई विमान चढ्नबाट एयरलाइन्सले रोक्न सक्छन् । विमानस्थल पुग्नु अगाडिमात्र होइन ट्रान्जिटमा मदिरा सेवन गरेको भएतापनि उनीहरुलाई विमानमा चढ्नबाट रोक लगाइन सक्छ । यसबारे फरक फरक एयरलाइन्सका आफ्ना आफ्ना नियमहरु पनि हुन्छन् ।

प्राय सबै उडानहरूमा आफैले मदिरा लगेर खोलेर पिउन निषेध गरिएको हुन्छ । विमानभित्र पनि यात्रुहरुलाई एयरलाइनले प्रदान गरेको मदिरा पिउनमात्र अनुमति छ। आकाशमा हुँदा प्राविधिक रूपमा रक्सी किन्न कुनै उमेरको प्रतिबन्ध हुँदैन ।

तर प्राय एयरलाइन्सहरुले जुन देशको एयरलाइन्स हो त्यही आधारमा उमेरको हद र नियमहरु तय गरेका हुन्छन् । अर्थात् एयरलाइन्सहरूले आफ्नै नियम बनाएका हुन्छन् । सामान्यतया जुन देशमा उनीहरु दर्ता छन्, त्यही देशको कानुनको अधिनमा रहन्छन् । उदाहरणका लागि तपाइँ एक अमेरिकी एयरलाइनसँग हुनुहुन्छ भने तपाइँ २१ बर्षभन्दा भन्दा माथि हुनुपर्दछ। तपाईं भुईमा नै हुँदा पनि तपाईं जुन देशमा हुनुहुन्छ, त्यही देशका कानुनहरू लागू हुन्छन्।

उडान गर्दा कम हावाको चापले प्रभावकारी रूपमा रगतलाई पातलो बनाउँछ। त्यसैले रक्सीको प्रभाव बलियो हुनसक्ने अर्थात् बाहिर हुँदा ३ वटा मादक पदार्थ सेवन गर्दा जति नशा लाग्छ, विमानमा त्यती नशा एउटामात्र मादकपदार्थ सेवन गर्दा नै लाग्ने कतिपयको तर्क छ । तर केही विज्ञहरू यसमा विश्वस्त छैनन्। उडानमा तपाईंको मस्तिष्कमा कम अक्सिजन पाउने भएकाले तपाईंले मातेको महसुस गर्नसक्ने उनीहरुको भनाई छ ।

तपाईंले उडानका क्रममा कति पिउन सक्नुहुन्छ भन्ने कुनै निश्चित सीमा छैन, तर विमानमा चढेर रक्सीले मात्तिनु भने अपराध हो। चालक दललाई कुनै पनि यात्रुलाई रक्सी दिन अस्वीकार गर्ने अधिकार छ। वा निश्चित मात्रामा रक्सी दिएपछि त्योभन्दा बढी नदिने अधिकार छ ।

त्यस्तै कुनै यात्रुले मादक पदार्थ धेरै सेवन गरेका कारण वा आक्रमक भएका कारण विमान, चालक दल वा यात्रुहरूको सुरक्षाको लागि सम्भावित जोखिम भएको ठहर गरिएमा त्यस्ता यात्रुहरूलाई बोक्न अस्वीकार गर्ने एयरलाइन्सहरूको अधिकार छ। उनीहरू रक्सीले मातेको वा मनोरञ्जनका लागि अन्य लागूपदार्थ प्रयोग गरेको संकेतहरू समावेश छन् । विमानमा चढ्न रोक लगाउने नियम धम्की दिने वा अपमानजनक व्यवहार प्रयोग गर्ने जो कोही यात्रुलाई पनि लागू हुन्छ।

यदि विमान पहिले नै उडेको छ भने अवतरण हुनेबित्तिकै त्यस्ता यात्रुलाई प्रहरीको जिम्मामा छोड्न सकिन्छ । गम्भीर अपराधहरूले जरिवाना वा जेल सजाय पनि निम्त्याउन सक्छ। आक्रमक र अपमानजनक यात्रुहरूसँग व्यवहार गर्न प्रत्येक एयरलाइनको आफ्नै प्रक्रियाहरू छन्।

अमेरिकामा यातायात सुरक्षा प्रशासन टीएसएले यात्रुहरूलाई ३ दशमलव ४ हाउन्स वा सोभन्दा कमको कन्टेनरमा क्यारीअन झोलामा मदिरा बोक्न अनुमति दिन्छ, तर यो एकल क्वार्ट आकारको झोलामा आरामसँग फिट हुनुपर्छ। विमानमा कुनै पनि अल्कोहल पेय पदार्थ ल्याउनु अघि तपाईंले आफ्नो एयरलाइनसँग जाँच गर्नुपर्छ।

अमेरिकाको संघीय उड्डयन प्रशासनका नियमहरूले यात्रुहरूलाई उडान परिचरद्वारा सेवा नगरेसम्म विमानमा आफ्नै रक्सी सेवन गर्न निषेध गर्दछ। अमेरिकाको संघीय उड्डयन प्रशासनले न्यूनतमको रूपमा यात्रुहरूले बोतलदेखि थ्रोटलसम्म ८ घण्टाको दिशानिर्देश पालना गर्न सुझाव दिन्छ । जसको अर्थ रक्सी सेवन गरेको ८ घण्टा भित्र उडान नगर्न सुझाव दिइन्छ ।

एक थप परम्परागत दृष्टिकोण भनेको उडान गर्नु अघि अत्याधिक नशा लाग्नेगरी रक्सीको अन्तिम प्रयोगबाट २४ घण्टा पर्खनु हो । यदि तपाईलाई थोरै मदिरा पिउँदा देखिनेगरी नशा लाग्दैन भने खास फरक पर्दैन । तर कति मदिरा पिउँदा कति नशा लाग्ने भन्ने कुरा व्यक्तिको क्षमतामा भरपर्छ । सामान्यतया धेरैजसो एयरलाइन्सहरूले यात्रुहरूलाई बोर्डिङ गर्नुअघि उनीहरु पिउने उमेरको भएको खण्डमा वा जिम्मेबारीपूर्वक पिएको खण्डमा आफूलाई सम्हाल्न सक्नेगरी रक्सी पिउन अनुमति दिन्छन् ।

अमेरिका आउँदा व्यक्तिगत प्रयोगको लागि कति रक्सी ल्याउन पाइन्छ?

सामान्यतया २१ वर्ष वा सोभन्दा माथिका उमेरका यात्रुहरूले अमेरिकामा आउँदा प्रति व्यक्ति एक लिटरसम्म रक्सी शुल्कविना ल्याउन सक्छन्। यद्यपि यूएस भर्जिन आइल्याण्ड वा अन्य क्यारिबियन देशहरूबाट आउने यात्रुहरूले बढी पनि ल्याउन पाउँछन् । थपमा रक्सी ल्याउन पनि सकिन्छ तर शुल्क र संघीय अन्तःशुल्क करहरू तिर्नुपर्छ, जुन मूल्याङ्कन गरेर पोर्ट अफ इन्ट्रीमा लिइनेछ ।

ड्युटी फ्री पसलहरूमा खरिद गरिएका मादक पदार्थहरू पनि अमेरिकामा आउँदा शुल्क र संघीय अन्तःशुल्क करको अधीनमा छन्। संघीय अन्तःशुल्क कर दरहरू जानकारीमूलक उद्देश्यका लागि मात्र हुन्, किनकि वास्तविक कर वा शुल्क व्यक्तिको परिस्थिति अनुसार फरक हुन सक्छ। २१ वर्ष भन्दा कम उमेरका यात्रुहरूले रक्सी ल्याउन अवैध छ । उनीहरुले उपहारको रूपमा पनि ल्याउन पाउँदैनन् ।

unattended black luggage inside airport

राज्यका कानून र नियमहरू राज्य अनुशार फरक फरक हुन्छन् । कतिपय राज्यमा संघीय नियमहरू भन्दा बढी प्रतिबन्धात्मक हुन सक्छन्। राज्यहरूमा मदिराको मात्रामा लगाइएका प्रतिबन्धहरू त्यो राज्यका निवासीहरुमा मात्र लागू हुन्छ। सामान्यतया राज्य मार्फत यात्रा गर्ने व्यक्तिहरू ती प्रतिबन्धहरूको अधीनमा छैनन् । तर कहिलेकाहीं नियमहरू परिवर्तन हुन्छन्। तपाईले पछिल्लो नीति थाहा पाउन उक्त राज्यको अल्कोहल बेभरेज कन्ट्रोल बोर्डसँग जाँच गर्न सक्नुहुन्छ ।

एक यात्रीले व्यक्तिगत प्रयोगको लागि अमेरिकामा ल्याउन सक्ने रक्सीको मात्रामा कुनै संघीय सीमा छैन तर धेरै रक्सी ल्याउँदा व्यापारिक उद्देश्यका लागि भएको शंका बढाउन सक्छ । त्यसो भएमा सीबीपी अधिकारीहरुले तपाईलाई फेडरल अल्कोहल एडमिनिस्ट्रेशन एक्ट अन्तर्गतका आवश्यकताहरूको पालना गराउनसक्छन् । जसमा आयातकर्ताको आधारभूत अनुमति जस्ता आवश्यकताहरू पर्छ । घरमा बनाइएको रक्सी र पसलमा किनेको रक्सीमा उस्तै नियम लागु हुन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com