आतंकवादी संगठन आईसीससँग सम्बद्ध मानव तस्करी नेटवर्कमार्फत ४ सय जना अमेरिका प्रवेश


प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले मध्य एसिया र अन्यत्रबाट अमेरिका प्रवेश गरेका ४०० भन्दा बढी आप्रवासीहरूलाई आतंकवादी संगठन आईसीससँग सम्बद्ध मानव तस्करी नेटवर्कले ल्याएको पहिचान गरेको छ । उनीहरु विगत तीन वर्षमा अमेरिका प्रवेश गरेको भन्दै उनीहरुलाई चिन्ताको विषयको रूपमा पहिचान गरिएको छ ।

ती मध्ये १५० भन्दा बढी पक्राउ परेका छन् भने ५० भन्दा बढीको ठेगाना अज्ञात रहेको छ । आइसले उनीहरूलाई अध्यागमन आरोपमा पक्राउ गर्न खोजिरहेको छ। आईसीससँग सम्बद्ध व्यक्तिहरूले मध्य एसियामा मानव तस्करको रूपमा काम गरिरहेका र त्यहाँका मानिसहरूलाई आफ्नो देश छोडेर पश्चिमतर्फ जान मद्दत गरिरहेका अधिकारीहरुको भनाई छ । आईसीसले नै मानव तस्करीमार्फत मान्छेहरुलाई अमेरिका पठाइरहेको छ वा केबल आईसीस सदस्यहरूले मानव तस्करी मार्फत व्यक्तिगत पैसा कमाइरहेका हुन् भन्ने प्रष्ट छैन ।

यो नेटवर्कद्वारा अमेरिकामा ल्याइएका ४ सय भन्दा बढी आप्रवासीहरूले अमेरिकामा आतंकवादी गतिविधि गर्ने योजना बनाएको कुनै सङ्केत भने नभएको तर अध्यागमन एजेन्टहरूले धेरै सावधानी अपनाएर उनीहरूलाई पक्राउ गर्न खोजिरहेको अधिकारीहरुको भनाई छ । अमेरिकाले आईसीस सम्बन्धित तस्करी समूहद्वारा अमेरिका ल्याइएका आप्रवासीहरूलाई पक्राउ गर्न थालेपछि उनीहरू अमेरिकी मातृभूमिको लागि खतरा रहेको कुनै जानकारी भने देखा परेको छैन।

४ सयमध्येका अधिकांशले दक्षिणी सीमा पार गरेका थिए । त्यसपछि उनीहरुलाई सीबीपीका अधिकारीले अमेरिकामा रिहा गरेका थिए । किनभने उनीहरू सरकारको आतंकवादको निगरानी सूचीमा थिएनन् । तर रूसमा हालैका आतंकवादी हमलाहरूले आईसीस र यसको शाखा आईसीस केको बारेमा उच्च चिन्ता बढाएको छ। हालैका महिनाहरूमा अमेरिकी सरकारले ताजिकिस्तान, उजबेकिस्तान, मोल्डोभा, किर्गिजस्तान, जर्जिया र रूस जस्ता आईसीस के सक्रिय रहेका देशहरूका आप्रवासीहरूमाथि निगरानी बढाएको छ ।

पक्राउ परेका १५० मध्ये केहीलाई पहिले नै देश निकाला गरिसकिएको छ । १७ राज्यहरूमा अन्य व्यक्तिहरूको ठेगाना थाहा छ । तिनीहरू छिट्टै गिरफ्तारीमा पर्न सक्छन् । अन्य आप्रवासीहरूले स्वेच्छाले अमेरिका छोडिसकेका हुन सक्छन्। हालसम्म हिरासत वा देशनिकालामा परेका मध्ये केहीलाई अध्यागमन उल्लंघनको आरोप लगाइएको छ। कसैलाई पनि आतंकवाद सम्बन्धी अपराधको आरोप लगाइएको छैन।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com