अगस्त ३० सम्म न्युयोर्कको कोने आइल्याण्डमा हरेक शुक्रबार फायरवर्कस, अरु कहाँ कहाँ कहिले?


प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

यदि तपाई न्युयोर्क सिटीको बासिन्दा हुनुहुन्छ वा न्युयोर्क घुम्न आउने योजनामा हुनुहुन्छ भने तपाईले समरमा विभिन्न स्थानमा फायरवर्कसको दृश्यको मजा लिन सक्नुहुनेछ । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ र त्यसको सेरोफेरोमामात्र होइन, तपाईले अन्य दिनहरुमा पनि फायरवर्कसको दृश्य हेर्न सक्नुहुनेछ ।

ब्रुकलिनको कोने आइल्याण्डमा जुन २१ बाट हरेक शुक्रबार फायरवर्कस सुरु भइसकेको छ । यो क्रम अगस्त ३० सम्म जारी रहनेछ भने तपाईले निशुल्क कोने आइल्याण्डमा गएर बेलुका ९ बजेर ४५ मिनेटदेखि १० बजेर १५ मिनेटसम्म निशुल्क फायरवर्कस हेर्न सक्नुहुनेछ ।

कोने आइल्याण्ड ब्रोडवाक र वेष्ट १२ स्ट्रीटबाट कोने आइल्याण्ड समुन्द्र तटको फायरवर्कस हेर्न सकिनेछ । स्वतन्त्रता दिवसको अवशरमा जुलाई ४ बिहिबार पनि कोने आइल्याण्डमा फायरवर्कस प्रदर्शन गरिनेछ ।

यदि तपाईले जुलाई ४ को मेसिजको फायरवर्कस हडसन रिभरमा हेर्न अनुकल नभएमा कोने आइल्याण्डको फायरवर्कस पनि हेर्न सक्नुहुनेछ । कोने आइल्याण्डका फायरवर्कस भने एलाइन्स फर कोने आइल्याण्डले गर्छ ।

यी बाहेक न्युयोर्क सिटीमा अन्य स्थानमा पनि विभिन्न दिनमा फायरवर्कसहरु हेर्न सकिनेछ ।  यदि तपाई न्युयोर्क सिटीमा हुने फायरवर्कसको तालिका जान्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com