राष्ट्रपतिको उम्मेदबारी नछाड्न बाइडेनलाई परिवारको सुझाव


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

गत बिहिबारको बहसमा कमजोर प्रस्तुतीका कारण जो बाइडेनले राष्ट्रपतिको उम्मेदबारी छाड्नुपर्ने दबाब आइरहेको बेला उनका परिवारका सदस्यहरुले भने उनलाई उम्मेदबारी नछाड्न सुझाव दिएका छन् । आइतवार क्याम्प डेभिडमा पारिवारिक जमघटमा परिवारका सदस्यहरुले उनलाई स्पष्ट समर्थनको प्रस्ताव गर्दै राष्ट्रपतिको दौडमा रहन प्रोत्साहित गरेका हुन् ।

बहसमा निराशाजनक प्रस्तुतीपछि बाइडेन र उनको अभियानले उम्मेदबारी छाड्नुपर्ने आह्वानहरूको सामना गरिरहेको बेला यो बैठक भएको हो । परिवारले बाइडेनका शीर्ष सल्लाहकारहरू मध्ये कुनैलाई बर्खास्त गर्ने नगर्ने र अभियानका कर्मचारीहरू परिवर्तन गर्ने कि नगर्ने भन्नेबारे पनि छलफल गरेका छन् ।

पारिवारिक भेटघाटमा प्रथम महिला जिल बिडेन, छोरा हन्टर बाइडेन र उनीहरूका नातिनातिनाहरू लगायत थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसका लागि राष्ट्रपति बाइडेनलाई तयार पार्ने टोलीसँग पनि परिवारका सदस्यहरु स्पष्ट रूपमा निराश भएको जनाइएको छ ।

बाइडेन आफ्ना नजिकका सल्लाहकारहरूप्रति वफादार र सुरक्षाको लागि परिचित छन् भने सहयोगीहरूलाई हटाउन मन पराउँदैनन्। त्यसैले कुनै पनि ठूला कर्मचारीमा परिवर्तनहरूको तत्काल संकेत भने देखिएको छैन ।

नयाँ सर्वेक्षण अनुशार मतदाताहरूले अब बाइडेनसँग राष्ट्रपतिको रूपमा सेवा गर्न मानसिक र संज्ञानात्मक स्वास्थ्य नभएको विश्वास गरेका छन् भने २८ प्रतिशत मतदाताहरूले मात्र उनको उम्मेदबारीको समर्थन गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com