ओली र देउवा आलोपालो प्रधानमन्त्री हुने कांग्रेस र एमालेको सहमति


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री हुने गरी कांग्रेस र एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको नेपालका संचारमाध्यमहरुले जनाएका छन् । पहिलो ओलीको नेतृत्वमा सरकार गठन गर्ने र पछि देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको जनाइएको छ ।

सोमबार राति भएको सहमतिमा पहिले ओली प्रधानमन्त्री बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको हो । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र नेपाली कांग्रेसले गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

सममतिपछि देउवा र ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com