अब पनामाहुँदै विनाभिसा अमेरिका आउन खोज्नेलाई पनामाबाटै विमानमा हालेर फर्काइने


प्रकाशित मिति : असार १७, २०८१ सोमबार

अमेरिकाले पनामासँग देशनिकालाका उडान कार्यक्रम लागू गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । अब डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आर्थिक सहायतामा यस क्षेत्रमा अनियमित आप्रवासनलाई सम्बोधन गर्न कार्यक्रम सुरु गरिने अमेरिका र पनामाले घोषणा गरेका छन् ।

यस कार्यक्रमले पनामा सरकारलाई पनामामा रहन कानूनी आधार नभएका विदेशी नागरिकहरूलाई देशनिकाला गर्न मद्दत गर्नेछ। यो सहयोगले पनामाको ड्यारियन क्षेत्रहुँदै हुने अनियमित आप्रवासन कम गर्न प्रयास गर्नेछ । यो क्षेत्रको माध्यमबाट सन् २०२३ मा ५ लाख २० हजार भन्दा धेरै आप्रवासीहरू अमेरिकातिर आएका थिए, जसमा नेपालीहरु समेत थिए ।

अमेरिका र पनामा बीचको नयाँ व्यवस्थाले सुरक्षित र प्रभावकारी पानामानियाली स्वदेश फिर्ता सञ्चालनका लागि सहयोग सहित आप्रवासन व्यवस्थापनमा सहकार्यलाई अगाडि बढाउने अमेरिकी सरकारको भनाई छ । देशनिकालाका उडान कार्यक्रम अनियमित आप्रवासनलाई सम्बोधन गर्न व्यापक क्षेत्रीय दृष्टिकोणको एक हिस्सा हो। अमेरिकाले पनामामा सुरक्षित, मानवीय स्वदेश फिर्ता प्रक्रियालाई सुदृढ र संस्थागत गर्न प्रशिक्षण र क्षमता निर्माणलाई सहयोग गर्नेछ।

अनियमित आप्रवासन एक क्षेत्रीय चुनौती भएको र यसको लागि क्षेत्रीय प्रतिक्रिया चाहिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले बताएका छन् । अमेरिकाले सिमानाहरू सुरक्षित गर्न र कानुनी आधार नभएका व्यक्तिहरूलाई हटाउन जारी राख्दा पश्चिमी गोलार्धमा बसाइँसराइको ऐतिहासिक स्तरहरू व्यवस्थापन गर्न पनामासँगको साझेदारीको लागि कृतज्ञ रहेको उनले बताएका छन् ।

आप्रवासन र संरक्षणमा लस एन्जलस घोषणा अन्तर्गत अमेरिकाले स्थायित्व प्रवर्द्धन गर्न, कानुनी मार्गहरू विस्तार गर्न र व्यक्तिहरूलाई उनीहरू जहाँ छन् त्यहाँ बस्नका लागि विकल्पहरू प्रदान गर्न तथा मानवीय रूपमा अमेरिकाभरि सीमानाहरू प्रबन्ध गर्ने समन्वयात्मक कार्यहरू गर्न यस क्षेत्रमा २१ साझेदारहरूसँग काम गरिरहेको छ।

जुन ४ म राष्ट्रपति बाइडेनले दक्षिणी सीमानाका केही गैरनागरिकहरूको प्रवेश अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेपछि सीमा गस्तीको साप्ताहिक मुठभेडको औसत ४० प्रतिशत भन्दा बढी घटेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । साथै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले २० वटाभन्दा बढी देशहरूमा १२० वटा भन्दा बढी अन्तर्राष्ट्रिय देशनिकालाका उडानहरू सञ्चालन गरेको जनाएक्को छ ।

अमेरिकाले अमेरिका आउन चाहने आप्रवासीहरूलाई उपलब्ध गराइएका र उल्लेख्य रूपमा विस्तार गरिएका कानुनी मार्ग र प्रक्रियाहरूको फाइदा लिन आग्रह गरेको छ । मानिसहरूले अमेरिकाबाट देशनिकाला हुनेगरी अमेरिकी सीमा गैरकानूनी रूपमा पार गर्न आफ्नो जीवन निर्दयी तस्करहरूको हातमा सुम्पन नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटील जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com