जुलाई ४ मा न्युयोर्कको म्यानहट्टन पार्कमा गाडी जोतेपछि ३ जनाको मृत्यु, ७ जना घाइते


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

white and blue ford f 150

एक व्यक्तिले ४ जुलाईमा न्युयोर्कको म्यानहटन लोअर ईस्ट साइड पार्कमा गाडी जोतेपछि गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।

न्यु जर्सीको मोनमाउथ काउन्टीका ४४ वर्षीय डेनियल हेडेनलाई ३ वटा अभियोगहरु लगाइएको छ । ती व्यक्तिले मादकपदार्थ सेवन गरेर विना लाइसेन्स गाडी चलाएको जनाइएको छ ।

घटना बिहीबार राति ८ बजेर ४५ मिनेटमा भएको थियो । वाटर र ज्याक्सन स्ट्रीट नजिकैको पार्कमा कम्तिमा २ सय मानिसहरु जुलाई ४ मनाउन बारबीक्यु गरिरहेका थिए । दुखद घटना भएको र ड्राइभरले धेरै न्युयोर्कवासीहरू जस्तै उत्सव मनाउने मानिसहरूको भीडमा गाडी हालेको मेयर एरिक आडम्सले बताएका थिए ।

चालकले खैरो फोर्ड एफ १५० चालाएको र चौराहामा स्पीड गरेर एक स्टप साइन उडाएको समेत जनाइएको छ । त्यसपछि गाडी फुटपाथमा पुगेपछि पार्कमा रहेका दर्शकहरूलाई हिर्काएको जनाइएको छ । घटनामा ट्रक मुनि कैयौं मानिस फसेका थिए ।

५९ वर्षीया लुसिल पिन्कनी र उनको छोरा ३८ वर्षीय हर्नान पिन्कनी दुर्घटनामा मारिएका छन् । अर्की एक महिलाको ज्यान गएपनि सनाखत हुन सकेको छैन । पीडितमा एक ११ वर्षीय बालक पनि रहेको प्रहरीले जनाएको छ । कुल सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

चालकले अत्याधिक रक्सी पिएका थिए भने प्रहरी पुग्नु अगाडि घटनास्थलमा प्रत्यक्षदर्शीहरुले समातेका थिए । घटनास्थलमा आइपुगेका अधिकारीहरूले रक्सीको गन्ध पाएका थिए । यो आतंकवादसँग सम्बन्धित घटना भने नभएको अधिकारीहरुको ठहर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com