अमेरिकाको कन्सर्टमा घाइते उमेश दाहालको मृत्युपछि आक्रमणकारी विशाल राईविरुद्ध हत्या अभियोग


प्रकाशित मिति : असार २४, २०८१ सोमबार

जुन २९ शनिबार अमेरिकाको टेनेसीको नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका ४१ बर्षको उमेश दाहालको मृत्युपछि आक्रमणकारी २६ बर्षीय विशाल राईविरुद्धको अभियोग थप गरेर आगामी विहिबार अदालतमा पेश गरिने भएको छ । राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । त्यसपछि उपचारका क्रममा गत मंगलबार बिहान उनको मृत्यु भएको हो ।

आक्रमणकारी विशाल राईलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिइको थियो । प्रहरीले आक्रमणकारीका रुपमा राईलाई पहिचान गरेपछि घटनास्थल टप गल्फबाट १४ माइल दक्षिणपूर्वमा रहेको एन्टिओकस्थित घरबाट पक्राउ गरिएको थियो । राईलाई सुरुमा उत्तेजित आक्रमणको आरोप लगाइएपनि उमेशको मृत्यु पछि उक्त अभियोग आपराधिक हत्यामा अपग्रेड गरिने प्रहरीले जनाएको छ भने बिहिबार नासभिल टेनेसीमा रहेको अदालतमा न्यायाधिस जिम टोड समक्ष पेश गरिनेछ ।

उमेश दाहाल नासभिलमा रहेको टप गल्फको तल्लो तहमा नेपाली समुदायका अन्य सदस्यहरूसँग सांगितकि कार्यक्रममा भाग लिइरहेका बेला कार्यक्रमस्थलमा हिंसात्मक झगडा भएको थियो । उक्त कन्सर्ट टप गल्फको तल्लो तहमा ६३५ व्यक्ति क्षमताको लाइभ प्रदर्शन स्थल द कावानमा आयोजना गरिएको थियो । मानिसहरू झगडा गर्दै बाहिर पार्किङ स्थलमा पुगेका थिए ।

मृतक उमेश दाहाल

तयसपछि उमेशले विवादलाई मिलाउन खोज्दा उनीमाथि नै मुक्का प्रहार गरिएको थियो । त्यसपछि उनी लडेर कंक्रिटमा टाउको ठोक्किएको थियो । भुइँमा लडिरहेका बेला उमेशको टाउकोमा राईले लात हानेको जनाइएको छ । जसका कारण उनी सख्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।उमेश दाहालको शनिबार अन्त्येष्टी गरिएको छ ।  मृतक उमेश दाहाल २ बच्चाका पिता हुन् । उनी नेपालको झापाबाट अमेरिका आएका हुन् ।

न्यायिक आयुक्तले राईलाई सुनुवाई नहुँदासम्म धरौटी विना नै थुनामा राख्न आदेश दिएको छ । राईलाई नासभिल डाउनटाउन डिटेन्सन सेन्टरमा राखिएको छ भने रिहाइको लागि योग्य नभएको जनाइएको छ । जेल रेकर्ड अनुशार राईको मामलमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा समेत पठाइएको छ ।

उनीमाथि गत वर्ष पनि जघन्य आक्रमण र घाँटी थिचेको अभियोग लगाइएको थियो । तर अदालतको अभिलेख अनुसार मुद्दा खारेज भएको देखिएको छ ।

कभरमा अभियुक्त विशाल राई ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com