न्युयोर्क सिटीमा घर आसपासको फोहोर सफा नगर्नेलाई ५ सय डलर जरिवाना, यसरी गरौं रिपोर्ट


प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

beige dog

न्युयोर्क सिटीमा घर आसपासको फोहोर सफा नगर्नेलाई ५ सय डलरसम्म जरिवाना हुनसक्नेछ भने कतै फोहोर देखेमा त्यसको तस्वीर खिचेर स्थानीय सरकारमा रिपोर्ट समेत गर्न सकिनेछ ।

न्युयोर्क सिटीको सरसफाइ विभागले सुरु गरेको नयाँ अभियान अन्तरगत घर आसपासमा सबैभन्दा फोहोर रहेका घरको तस्वीर अनलाइनमा हल अफ सेम शीर्षकमा प्रकाशित समेत गरिने भएको छ ।

न्युयोर्कवासीहरूले अब सरसफाइ विभागको वेबसाइट मार्फत फोहोरी घरहरु रिपोर्ट गर्न सक्नेछन् । यदि तपाईले कुनै घर आसपासमा फोहोर देख्नुभएमा तस्वीरसहित रिपोर्ट गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

पाँचवटा बरोहरूमा कानुनले मालिकहरूलाई आफ्नो घर बाहिर फुटपाथ र १८ इन्चसम्म सडकमा सफा गर्नुपर्ने प्रावधान तोकेको छ । यदि सफा नगरेमा ५ सय डलरसम्म जरिवाना तिर्नुपर्छ । व्यावसायिक सम्पत्तिहरूको मालिकहरूले ५ सय डलर र सबै आवासीय सम्पत्तिहरूको मालिकहरूले १ सय डलर जरिवाना सामना गर्न सक्छन्।

यो कार्यक्रम अन्तरगत घरबाहिर रहेको फोहोरको थुप्रो र अन्य फोहोरहरुबारे रिपोर्ट गर्न सकिनेछ । यो रिपोर्ट गर्दा उक्त घरको ठेगाना, मिति र समय उल्लेख गर्नुपर्छ । न्युयोर्क सिटीमा मानिसहरूले आफ्ना कुकुरहरूको दिशा सफा नगर्ने बारम्बार गुनासोहरू आएकाले पूपर स्कूपर कानुन समेत लागु रहेको छ । यो कानुन अन्तरगत कुकुरको दिशा सफा नगरेमा २५० डलरसम्म जरिवाना तिर्नुपर्छ ।

यदि तपाईंलाई मानिसहरले प्रायः आफ्नो कुकुरहरूको दिशा सफा गर्न असफल भएको सार्वजनिक क्षेत्रबारे थाहा छ भने तपाईंले पूपर स्कूपर उल्लङ्घन गर्नेहरूलाई समात्न निगरानी अनुरोध गर्न सक्नुहुन्छ। आफ्नो घरको नजिक रहेको कुकुरको दिशा सफा नगर्नेबारे रिपोर्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

घरपालुवा जनावर, आवारा वा जङ्गली जनावरले गरेको फोहोर पनि सम्पत्ति मालिकहरूले सफा गर्नुपर्छ । उनीहरुले आफ्नो सम्पत्ति र छेउछाउको फुटपाथ र नालीहरूको सरसफाइ कायम गर्नुपर्छ।

कुकुर मालिकले सार्वजनिक स्थलमा कुकुरको दिशा सफा नगरेको रिपोर्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

आवासीय वा व्यावसायिक भवनहरूमा, घरपछाडि वा निजी क्षेत्रमा कुकुरको दिशा सफा नगरेको पाइएमा रिपोर्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

पार्कहरुमा जनावरको दिशा सफा नगरेको पाइएमा रिपोर्ट गर्न यहाँ क्लीक गर्नुहोला ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com