अमेरिकामा कागजपत्रविहिनको संख्या ११ मिलियन पुगेको प्यू रिसर्चको तथ्यांक
प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार
प्यू रिसर्च सेन्टरले सोमबार अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरूको जनसंख्याको बारेमा नयाँ तथ्यांक सार्वजनिक गरेको छ । जस अन्तरगत कागजपत्रविहिनको जनसंख्यामा २०१९ पछि पहिलोपटक वृद्धि भएको फेला परेको छ ।
नयाँ तथ्याङ्क अनुसार अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको जनसंख्या २०२२ मा ११ मिलियन पुगेको छ। । सन् २०२२ मा साढे १० मिलियन रहेकोमा उक्त संख्यामा बृद्धि भएको जनाइएको हो । यो अनुमान अमेरिकी सामुदायिक सर्वेक्षणबाट सन् २०२२ को मध्यसम्मको पछिल्लो तथ्यांकमा आधारित छ।
यो वृद्धि २००५ देखि २००७ सम्मको अवधि पछि पहिलोपटकको दिगो वृद्धि हो । अमेरिकामा २००७ देखि २०१९ सम्ममा कागजपत्रविहिन आप्रवासीको संख्यामा उल्लेख्य गिरावट आएको थियो । २००७ मा भने अमेरिकामा बस्ने कागजपत्रविहिन आप्रवासीहरुको संख्या १२ दशमलव २ मिलियन थियो । जसको तुलनामा २०२२ को संख्या भने कम नै हो ।
नयाँ वैकल्पिक डेटा स्रोतहरूले वृद्धिको कारण अमेरिकी सीमानाहरूमा विनाभिसा आउनेहरुको संख्यामा उच्च स्तरको बृद्धि र साथै २०२२ देखि २०२३ सम्म निर्णय कुरिरहेका एसाइलम आवेदकहरूको उल्लेख्य संख्या रहेको खुलाएको छ ।
क्युबान, हाइटियन, निकारागुआन र भेनेजुएला कार्यक्रम र युक्रेनका लागि युनाइटिङ गरी दुईवटा संघीय अध्यागमन कार्यक्रम मार्फत डिसेम्बर २०२३ सम्म देशमा पारोल गरिएका करिब ५ लाख नयाँ आप्रवासीहरूलाई पनि डाटाले समावेश गरेको छैन ।
यद्यपि यी जस्ता समूहहरूलाई परम्परागत रूपमा कागजपत्रविहिन आप्रवासी जनसंख्याको हिस्सा मानिएको छ, तर उनीहरु २०२२ को अनुमानहरूमा गणना थर्नुभन्दा धेरै ढिलो आइपुगेका थिए ।