मार्क्सवादी अर्थशास्त्री थिए कमला ह्यारिसका बुवा


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

mans face concrete statue

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति बन्ने दौडमा प्रवेश गरेपछि उनका बुबा मार्क्सवादी अर्थशास्त्री भएको दाबी अनलाइनमा फैलिन सुरु गरेको थियो । सामाजिक सञ्जाल एक्समा पोष्ट गरिएको एउटा यस्तै दावी १७ लाख पटक हेरिएको थियो भने ४९ सय लाइकहरु प्राप्त गरेको थिषे ।

राजनीतिक अर्थशास्त्री र जर्मन संघीय संसदमा आर्थिक नीति सल्लाहकार म्याक्सिन फोवेले गरेको यो पोष्ट वास्तवमा सत्य थियो । कमला ह्यारिसका बुबा डोनाल्डको काम र उनले पढाएको अर्थशास्त्रको विषयलाई ​​नजिकबाट हेर्दा उनी मार्क्सवादी अर्थशास्त्री भएको पुष्टी हुन्छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डोनाल्ड जे ह्यारिसले पोस्ट केनेसियन दृष्टिकोणबाट आफ्नो अनुसन्धान गरेका थिए। केनेसियनहरू बजारले मात्र पूर्ण रोजगार सुनिश्चित गर्न नसक्ने दावी गर्दै यसको सट्टा सरकारी हस्तक्षेपको वकालत गर्दछन् । पोस्ट केनेसियनहरू पनि यो कुरामा सहमत त छन्, तर उनीहरु तर्क गर्छन् कि हस्तक्षेप गर्दा सरकारले समानता र सम्पत्तिको पुन वितरणमा ध्यान केन्द्रित गर्नुपर्छ।

पोस्ट केनेसियनवाद भने केनेसियनवादबाट नै विकसित भएको हो । केनेसियनवाद जस्तै यसले बजारले मात्र पूर्ण रोजगारी सुनिश्चित गर्न नसक्ने र सरकारले मागलाई उत्प्रेरित गर्नुपर्ने मान्यता राख्छ। तर पोस्ट केनेसियनहरूका लागि समानता, वर्ग र आर्थिक शक्तिको आयाम धेरै महत्त्वपूर्ण छ। त्यसकारण तिनीहरू कसरी देशको सम्पत्ति त्यहाँका बासिन्दाहरू बीच बाँडफाँड गरिन्छ भन्ने सन्दर्भमा आयको वितरणमा धेरै चिन्तित छन् ।

ह्यारिसको १९७८ को पुस्तकले यो चिन्तालाई चित्रण गर्दछ। ह्यारिस पनि कार्ल मार्क्सको पुँजीको सिद्धान्तबाट आएका शोषण र अन्य अवधारणाहरूमा व्यस्त थिए। उनले एक पटक अमेरिकामा अश्वेतहरुमाथिको असमानता गोरा मानिसहरू हावी औपनिवेशिक शासनको रूपबाट नआएको बरु समस्या पुँजीवाद भएको तर्क गरेका थिए । यस अर्थमा ह्यारिस वास्तवमा आफ्नो विचारमा मार्क्सवादी थिए।

एल्गर अनलाइनमा २०१९ मा प्रकाशित एउटा पेपरमा तर्क गरिएको थियो कि मार्क्सलाई प्रारम्भिक पोस्ट केनेसियन मान्न हुँदैन । बरु केही समानताहरू तर केही महत्त्वपूर्ण भिन्नताहरूका साथमा अनुकूलताका धेरै क्षेत्रहरू सहित आधुनिक पोस्ट केनेसियनवादको महत्त्वपूर्ण अग्रदूतको रूपमा मान्न सकिन्छ ।

२३ अगस्त १९३८ मा जन्मिएका डोनाल्ड ह्यारिस जमैकन अमेरिकी अर्थशास्त्री हुन् भने स्ट्यानफोर्ड विश्वविद्यालयमा पूर्व प्रोफेसर हुन् । उनी विकास अर्थशास्त्रमा पोस्ट केनेसियन विचारहरू लागू गर्नका लागि परिचित छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com