डेमोक्रेटिक अधिवेशनको पहिलो रात: बाडेनको भावुक मन्तव्यदेखि हिलारीको उत्साहजनक आव्हान


प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार

डेमोक्र्याटहरूले सोमबार जो बाइडेनलाई विदाई गर्दै शिकागोमा आफ्नो अधिवेशनको उद्घाटन गरेका छन् । राष्ट्रपति बाइडेनको मन्तव्यसँगै अधिवेशनको पहिलो रात समाप्त भएको थियो । जुन निर्धारित समयभन्दा ढिलो भएको थियो ।

बाइडेन मन्त्वय भन्दा अगाडि निकै भावुक भएका थिए । आफ्नी छोरीलाई अँगालो हाल्दा उनका आँखा रसाएका थिए । एरिना ‘थ्याङक यु जो’  र ‘वी लभ जो’ले गुञ्जायमान भएको थियो । बाइडेनले ह्यारिसलाई २०२० मा आफ्नो उपराष्ट्रपति उम्मेदबारका रुपमा रोज्नु आफ्नो सम्पूर्ण करियरको सबैभन्दा राम्रो निर्णय भएको बताएका थिए । एरिनामा रहेका डेलिगेटहरुले जो बाइडेनलाई अमेरिकाप्रति जीवनभर गरेको सेवाका लागिमात्र होइन, राष्ट्रपतिको चुनावी दौडबाट पछाडि हटेकोमा पनि धन्यवाद दिएका थिए ।

राष्ट्रपति जो बिडेन बोल्दा प्रतिनिधिहरू हर्षोल्लास गर्दै। (एपी फोटो/पल सान्स्या)

बाइडेनले कमला ह्यारिसप्रति समर्थन गर्दै भने – ‘उनी हाम्रा बच्चाहरूले हेर्न सक्ने राष्ट्रपति हुनेछिन् । उनी विश्व नेताहरूले सम्मानित राष्ट्रपति हुनेछिन्, किनभने उनी पहिले नै छिन्। उनी हामी सबैले गर्व गर्न सक्ने राष्ट्रपति हुनेछिन् । उनी एक ऐतिहासिक राष्ट्रपति हनेछिन् ।’

डेमोक्रेटिक पार्टी बाइडेनलाई दौडबाट बाहिर निस्कन दबाब बढेको बेला गत महिना विभाजित भएको थियो । तर सोमबार राती ह्यारिसको पछाडि एकजुट भएको छ । डेमोक्र्याटहरूले अधिवेशनमा गर्भपतन अधिकारमा रिपब्लिकन उम्मेदवारलाई आक्रमण गरे। उनीहरुले पूर्व राष्ट्रपति ट्रम्पको कानुनी समस्यालाई उजागर गर्दै उनको नैतिकतामाथि प्रश्न उठाएका थिए ।

‘थ्याङक यु जो’ ले एरिना गुञ्जायमान हुँदा बाइडेनको भाषण चार मिनेटपछि सुरु भएको थियो । बाइडेनले भाषणमा कमला ह्यारिस र उपराष्ट्रपति उम्मेदबार वाल्जको लागि समर्थनको उत्साहजनक सन्देश दिए । ट्रम्पविरुद्ध कडा आलोचना गर्दै आफ्नो प्रशासनले गरेका उपलब्धिहरूको विस्तृत सम्झना गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भाषण पछि स्टेजमा अँगालो हालेका थिए। (तस्बिर रोबिन बेक / एएफपी)

हिलारी क्लिन्टनले भाषण गर्दा सिंगै एरिनामा उत्साह भरिएको थियो । प्रमुख पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो महिलाको रूपमा इतिहास रचेको आठ वर्ष पछि उनी डेमोक्रेटिक नेशनल कन्भेन्सनमा फर्किएकी थिइन् । उनले अमेरिकीहरूलाई अन्ततः ग्लास सिलिङ तोड्न आग्रह गरिन् । २०१६ मा आफूलाई समर्थन गर्ने अमेरिकीहरूले भविष्यको लागि भोट दिएको बताइन् । उनले भनिन् – ‘म चाहन्छु कि मेरी आमा र कमलाकी आमाले हामीलाई देख्न सक्नुहोस् । यदि देखेको भए उहाँहरुले हामीलाई जारीराख्न भन्नुहुन्थ्यो ।’

उनले नोभेम्बरमा ह्यारिसको आशासँग आफ्नो जीवन र विरासतलाई पनि जोडिन्। क्लिन्टनको भाषण धेरै हदसम्म ह्यारिसको लागि सकारात्मक मामला थियो । उनले ट्रम्पको आलोचना गर्न पनि छुटाइनन् । पूर्व राष्ट्रपति ट्रम्पले ३४ वटा अपराधमा दोषी ठहर भएर राष्ट्रपतिको लागि मैदानमा रहकेो पहिलो व्यक्ति बनेर आफ्नै प्रकारको इतिहास बनाएको भन्दै क्लिन्टनले आलोचना गरिन् । त्यसो भनिरहँदा भींडले ‘लक हिम अप’को नारा लगाएको थियो । ट्रम्पको २०१६ को चुनावी र्‍यालीहरूमा क्लिन्टनका विरुद्ध पनि ‘लक हर अप’को यस्तै नारा लगाइएको थियो ।

(फोटो:  रोबिन बेक/एएफपी )

ट्रम्पले कमलाको रेकर्डको बारेमा झूट बोलिरहेका क्लिन्टनले बताइन् । ट्रम्पले उनको नाम र उनको हाँसोको खिल्ली उडाइरहेको भन्दै क्लिन्टनले भनिन् – ‘हामीले सत्यको लागि लड्नु पर्छ। हामीले कमलाको लागि लड्नु पर्छ किनकि उनी हाम्रो लागि लड्नेछिन्।’

अधिवेशनको पहिलो रातको सबैभन्दा मार्मिक क्षणहरूमध्ये डेमोक्र्याटहरूले रूढिवादी सर्वोच्च अदालतका न्यायाधीशहरू नियुक्त गरेकोमा ट्रम्पको आलोचना गरेका थिए । सर्वोच्चले गर्भपतनको अधिकारका लागि समर्थन गरेको थियो । गर्भपतन प्रतिबन्धका कारण स्वास्थ्य हेरचाह अस्वीकार गरिएका महिलाले आफ्नो अनुभव सुनाएका थिए ।

आफ्नो सौतेनी बुवाबाट बलात्कृत र १२ वर्षकी हुँदा गर्भवती भएकी ह्याडली डुवालले आफूले गर्भपतनका सन्दर्भमा विकल्प नपाएको कल्पना गर्न नसक्ने अनुभव सुनाएकी थिइन् । डोनाल्ड ट्रम्पले गर्भपतनमा प्रतिबन्ध लगाएका कारण देश भरका धेरै महिला र केटीहरूको लागि विकल्प नपाउने अवस्था आएको डुबालले बताइन् ।

गर्भपतन अधिकारको लागि समर्थन डेमोक्र्याटहरूको सबैभन्दा शक्तिशाली मुद्दा भएको छ। डुवालको कथा गत वर्ष केन्टकीका गभर्नर एन्डी बेशियरको शक्तिशाली विज्ञापनमा चित्रित गरिएको थियो जसले गर्भपतन अधिकारको लागि आफ्नो समर्थनलाई जोड दिएर राष्ट्रको सबैभन्दा भारी रिपब्लिकन राज्यहरू मध्ये एकमा पुनः चुनाव जितेका थिए।

अधिवेशनको पहिलो दिनमा सहभागीहरू  (फोटो : जो रेडले / गेटी इमेज उत्तर अमेरिका / गेटी इमेज/ एएफपी )

अधिवेशनमा कमला ह्यारिसले बाइडेनलाई राष्ट्रको लागि जीवनभरको सेवा प्रदान गरेकोमा धन्वयाद दिन अप्रत्याशित रूपमा स्टेज लिएकी थिइन् । आफूले प्यारो ठानेका आदर्शहरूका लागि लड्नुपर्ने बताउँदै उनले भनिन् -‘जब हामी लड्छौं, हामी जित्छौं ।’

(फोटो ईवा हैमबैक/एएफपी )
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com