हुलाकमा ठेगाना परिवर्तन गर्दैमा हुलाकले युएससीआईएसको पत्र फरवार्ड नगर्ने
प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार
हुलाकमा ठेगाना परिवर्तन गर्दैमा हुलाकले युएससीआईएसको पत्र फरवार्ड नगर्ने स्पष्ट पार्दै युएससीआईएसमा नै ठेगाना परिवर्तनबारे जानकारी दिन युएससीआईएसले सेवाग्राहीहरुलाई सचेत गराएको छ । त्यस्तै अमेरिकाको हुलाकमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्तन नहुने समेत प्रष्ट पारिएको छ । युएससीआईएसले हुलाक र युएससीआईएस दुबैमा विवरणहरु अपडेट गर्न सेवाग्राहीहरुलाई सुचित गरेको छ । हुलाकमामात्र ठेगाना परिवर्तन गरेका कारण वा ठेगाना परिवर्तनबारे युएससीआईएसमा अपडेट नगरेका कारण कैयन सेवाग्राहीले युएससीआईएसका पत्र र सुचनाहरु हराउने गरेका छन् ।
अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ ।गतबर्षदेखि युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल सुरु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै अद्यावधिक गर्न सक्छन् । सेवाग्राहीहरुले यो टुलमार्फत ठेगाना अद्यावधिक गर्न प्रक्रियाको गति र दक्षतामा उल्लेखनीय सुधार अनुभव गर्छन् ।
यो टुलमार्फत युएससीआईएसमा अनलाइन एकाउन्ट भएका धेरैजसो व्यक्तिहरूले आफ्नो पत्र आउने र भौतिक ठेगाना युएससीआईएससँग पेन्डिङ एप्लिकेसन, पिटिशन वा अनुरोधहरूको लागि एकै ठाउँमा अपडेट गर्न सक्छन् भने धेरै ठाउँहरूमा ठेगाना अद्यावधिक गर्नुपर्ने आवश्यकता हटेको छ । उनीहरुले अब एआर ११ नामको कागजी फर्म भर्नुपर्ने, युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्ने वा युएससीआईएसको फिल्ड अफिसमा जानुपर्ने वा एसाइलम अफिसमा जानुपर्ने बाध्यता पनि हटेको छ । यो टुलले केही अपवाद बाहेक लगभग सबै प्रकारहरूको फारमका लागि स्वचालित रुपमा ठेगाना परिवर्तनहरू स्वचालित गर्छ ।
कुनै पनि विचाराधीन आवेदन, याचिका वा अनुरोधहरू नभएका आप्रवासीहरुले पनि बसाई सराई गरेमा युएससीआईएसलाई सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न यो टुल प्रयोग गर्न सक्छन्। कुनै व्यक्तिको पेन्डिङ केस अनलाइन वा हुलाक मार्फत जसरी पेश गरेको भएता पनि युएससीआईएसको अनलाइन खाता मार्फत यो टुलमा पहुँच गर्न सकिन्छ। भावा, टी, यु लगायतका भिसा अन्तरगत पेन्डिङ वा स्वीकृत आवेदन भएकाहरुले भने यो टुल अहिलेका लागि प्रयोग गर्न सक्दैनन् ।
यो टुल प्रयोग गर्न व्यक्तिहरूलाई युएससीआईएसमा अनलाइन एकाउन्ट चाहिन्छ । उनीहरूको नाम, जन्म मिति र नयाँ भौतिक र पत्राचार ठेगानाहरू प्रविष्ट गर्नुपर्छ । व्यक्तिहरूलाई उनीहरूको विचाराधीन आवेदन, याचिका, वा अनुरोधको बारेमा जानकारी समावेश गर्न पनि प्रोत्साहित गरिन्छ।
युएससीआईएसमा ठेगाना परिवर्तनका लागि कागजीरुपमा फर्म एआर ११ को पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।
यदि तपाई घरेलु हिंशा, मानव तस्करी वा अन्य कुनै अपराधको शिकार हुनुभएको छ र तपाईको आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने तपाईले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ भरेर भर्मोन्ट सर्भिस सेन्टरको ठेगानामा पठाउनुपर्छ । त्यस्तै आई ७५१ को वेभर आवेदन दिएकाहरुले एआर ११ भरेर आफ्नो आवेदन जहाँ छ त्यहीको सर्भिस सेन्टरमा पठाउनुपर्छ ।
यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि अनिवार्य ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ ।
कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् ।
तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।
यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।
तर व्यवहारिक रुपमा भने ठेगाना परिवर्तन नगरेकै कारण देशनिकालासम्मको सजाय गर्न अमेरिकी अधिकारीहरु इच्छुक देखिएको खास रेकर्ड छैन । तर सिद्धान्तमा रहेको कानुन व्यवहारमा आउन के बेर ? त्यसैले समयमै सचेत हुँदा राम्रो ।
अमेरिकी हुलाक सेवा युएसपीएसको नयाँ नीतिले प्याकेजहरूको लागि ठेगाना परिवर्तन अनुरोध पेश गर्नु अघि ग्राहकहरूले आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक हुने भएको छ । हुलाक सेवाले लागु गरेको नयाँ ठेगाना प्रमाणीकरण नीति अन्तरगत त्यस्तो प्रमाणीकरण व्यक्तिगत रूपमा हुलाकमा गएर, अनलाइनबाट वा पत्र मार्फत गर्न सकिन्छ।
युएसपीसएका अनुसार वर्णन गरिएका परिवर्तनहरू अगस्टमा बनाइएका थिए। यदि ग्राहकले उचित पहिचान प्रस्तुत गर्न वा रिटेल स्थानमा प्राप्त कोड सक्रिय गर्न असफल भएमा तिनीहरूको ठेगाना परिवर्तन प्रक्रियामा जानेछैन।
यो नीतिले ग्राहकको नाममा अनलाइनबाट गरिएका जालसाजी अनुरोधहरूलाई रोक्ने लक्ष्य राखेको छ। यदि कसैलाई आफ्नो ठेगाना परिवर्तन गर्न आवश्यक छ हुलाक कार्यालयमा गएर वा अनलाइन फारम भर्नुपर्छ । तर अब त्यो प्रक्रियामा थप कुरा जोडिएको छ।
ग्राहकहरुले अब थप आवश्यक चरणहरू पालना गर्नुपर्छ। एकपटक पूरा भएपछि ग्राहकले क्युआर कोड भएको इमेल प्राप्त गर्छन् । त्यसपछि ग्राहकले आफ्नो ठेगाना अद्यावधिक गर्नको लागि आफ्नो स्थानीय हुलाक कार्यालयमा व्यक्तिगत रूपमा आफ्नो आईडी र कोड ल्याउन आवश्यक छ।
यसैबीच गतबर्षदेखि अमेरिकी हुलाक सेवा युएसपीएसको नयाँ नीतिले प्याकेजहरूको लागि ठेगाना परिवर्तन अनुरोध पेश गर्नु अघि ग्राहकहरूले आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक हुने प्रावधान ल्याएको छ । हुलाक सेवाले लागु गरेको नयाँ ठेगाना प्रमाणीकरण नीति अन्तरगत त्यस्तो प्रमाणीकरण व्यक्तिगत रूपमा हुलाकमा गएर, अनलाइनबाट वा पत्र मार्फत गर्न सकिन्छ। यदि ग्राहकले उचित पहिचान प्रस्तुत गर्न वा रिटेल स्थानमा प्राप्त कोड सक्रिय गर्न असफल भएमा तिनीहरूको ठेगाना परिवर्तन प्रक्रियामा जानेछैन।
यो नीतिले ग्राहकको नाममा अनलाइनबाट गरिएका जालसाजी अनुरोधहरूलाई रोक्ने लक्ष्य राखेको छ। यदि कसैलाई आफ्नो ठेगाना परिवर्तन गर्न आवश्यक छ हुलाक कार्यालयमा गएर वा अनलाइन फारम भर्नुपर्छ । तर अब त्यो प्रक्रियामा थप कुरा जोडिएको छ।
ग्राहकहरुले अब थप आवश्यक चरणहरू पालना गर्नुपर्छ। एकपटक पूरा भएपछि ग्राहकले क्युआर कोड भएको इमेल प्राप्त गर्छन् । त्यसपछि ग्राहकले आफ्नो ठेगाना अद्यावधिक गर्नको लागि आफ्नो स्थानीय हुलाक कार्यालयमा व्यक्तिगत रूपमा आफ्नो आईडी र कोड ल्याउन आवश्यक छ।