बुधबार न्युयोर्कको तापक्रम खतरनाक रूपमा उच्च हुने चेतावनी, ९९ डिग्री फरेनहाइट अनुभव हुने


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

अमेरिकी राष्ट्रिय मौसम सेवाले बुधबार न्युयोर्कको तापक्रम खतरनाक रूपमा उच्च हुने चेतावनी दिएको छ । विहान ११ बजे देखि बेलुका ८ बजे सम्म उच्च तापमान र आर्द्रताको अनुमान गरिएको छ ।

गर्मी र आर्द्रताको संयोजनले हावालाई ९५ देखि ९९ डिग्री फरेनहाइट तापक्रमको महसुस गराउनेछ अमेरिकी राष्ट्रिय मौसम सेवाको भनाई छ । उच्च तापक्रमले ब्रोंक्स, ब्रुकलिन, म्यानहट्टन, उत्तरी क्वीन्स, स्टेटन आइल्याण्ड र दक्षिणी क्वीन्स काउन्टीहरूलाई असर गर्ने अपेक्षा गरिएको छ।

चिसो रहनको लागि न्यूयोर्कवासीहरूलाई नजिकका शीतलता केन्द्रहरुम जान सुझाव दिइएको छ । साथै साथीहरू, परिवार र छिमेकीहरूको जाँच गर्न प्रोत्साहित गरिएको छ । बिहिबारपछि भने न्युयोर्कको तापक्रम चिसो बन्दै जाने अनुमान गरिएको छ । प्रयाप्त पानी पिउन र बाहिर निस्कनु परेमा हल्का कपडाहरू लगाउन सुझाव दिइएको छ ।

कतिपय शीतलता केन्द्रहरू ६० वर्ष र माथिका वृद्ध न्युयोर्कवासीहरूका लागि आरक्षित रहेका छन् । यदि बिरामी महसुस भएमा वा लक्षण देखिएमा कोरोनाको फैलावट रोक्नको लागि घरमै बस्न सुझाव दिइएको छ । नजिकैको कुलिङ सेन्टर फेला पार्न ३११ मा कल गर्न वा यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

न्युयोर्कवासीहरूले  पाँचवटा बरोहरूमा घरपालुवा जनावरहरूलाई समेत अनुमति दिने कूलिङ सेन्टरहरू पनि फेला पार्न सक्छन्। न्युयोर्कवासी र उनीहरूका घरपालुवा जनावरहरूलाई गर्मीबाट राहत पाउन थप ठाउँहरू उपलब्ध गराउनका लागि सिटीले पेटकोसँग सहकार्य गरेको छ।

न्युयोर्क शहरमा अधिकांश गर्मी सम्बन्धी मृत्यु एसी नभएका घरहरूमा गर्मीका कारण हुने गरेको छ । न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन विभाग र स्वास्थ्य विभागले न्युयोर्कवासीहरूलाई आफूलाई बचाउन र गर्मीबाट बढ्दो जोखिममा पर्न सक्ने अरूलाई मद्दत गर्न कदम चाल्न आग्रह गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com