७० लाख खर्चेर विनाभिसा २ बर्षअघि अमेरिका आएका रुकुमका भरत रोकाको मृत्यु


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

७० लाख रुपियाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ बर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका आएका रुकुमका भरत रोका मगरको सोमबार मृत्यु भएको छ । पूर्व रुकुमको भुमे ७ धर्मशालाका रोकामगर सन् २०२२ को अक्टोबरमा अमेरिका आएका थिए ।

पारिवारिक श्रोत अनुशार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमति र छोराछोरी अमेरिका झिकाउने प्रकृयामा रहेका थिए । तर उक्त प्रकृया पूरा नहुँदै रोकामगरको सोमबार दिउसो बोस्टनमा मृत्यु भएको छ ।

२०४१ साल माघ महिना १७ गते जन्मिएका ३९ बर्षीय रोकामगरको मृत्युपछि नेपालमा रहेका उनकी श्रीमति र छोराछोरीहरु शोकमा डुबेका छन् । श्रीमति, २० बर्षकी छोरी र १५ बर्षका छोरा दाङको घोराहीमा बस्दै आएका छन् ।बुबा सिरधर रोका ६८ बर्षका छन् भने आमा सुकुमाया रोकापनि ६६ बर्ष भइसकेकी छिन् ।

रोकामगर हालैमात्र बोस्टनमा बसाईसरेर काम गर्न थालेको जनाइएको छ । हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउसो अस्पतालले मृत घोषणा गरेको थियो ।

उनका परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रकृया सुरु गर्न लागिएको र सहयोगका लागि गोफण्डमी सुरु गर्ने योजना बनाएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए ।

परिवारको आर्थिक स्थीति राम्रो नभएको र अमेरिका आएको २ बर्ष पनि पूरा नभएकाले ऋण समेत तिर्न नभ्याएको अवस्थामा उनको मृत्यु भएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गर्न लागिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com