डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, नोभेम्बरका लागि थपिएन नेपालीको केस नम्बर


प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार

डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । तर बिहिबार सार्वजनिक भिसा बुलेटिन अनुशार नोभेम्बरका लागि नेपालीको केस नम्बर थपिएको छैन ।   डिभी २०२५ को दोश्रो महिना नोभेम्बरमा पनि नेपालीहरुलाई २९५० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।

अक्टोबर १ देखि सुरु हुने आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ । तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ । डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ४  देखि  सन् सेप्टेम्बर ३०, २०२५ सम्म उपलब्ध हुनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com