फ्लोरिडा गल्फ क्लबमा ट्रम्पको हत्याको प्रयास, बन्दुक ताक्ने व्यक्ति पक्राउ


प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पको फ्लोरिडाको गल्फ क्लबमा हत्याको प्रयास भएको भन्दै एफबीआईले अनुसन्धान गरिरहेको जनाएको छ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प आफ्नो जीवनमा हत्याको अर्को प्रयासबाट बचेको नौ हप्ता पछि यो घटना भएके हो । ट्रम्पले आफू सुरक्षित र स्वस्थ रहेको बताएका छन् ।

अमेरिकी सेक्रेट सर्भिसले ट्रम्पमाथि एके शैलीको राइफल ताकेर गोली चलाउने एक व्यक्तिमाथि गोली चलाएको छ । ट्रम्प गल्फ कोर्समा रहेको बेला घटना भएको अधिकारीहरुले बताएका छन् । उक्त व्यक्ति हतियार छोडेर एसयूभीमा भागेको र पछि छिमेकी काउन्टीमा हिरासतमा लिइइएको जनाइएको छ ।

ट्रम्प इन्टरनेशनल गल्फ क्लब नजिकैको घटनास्थलबाट एक एके शैलीको बन्दुक बरामद गरिएको छ । घटनामा कसैलाई पनि कुनै चोटपटक रिपोर्ट गरिएको छैन।
यो घटना चुनावी वर्षको सबैभन्दा पछिल्लो डरलाग्दो क्षण बनेको छ । यस अगाडि पेन्सिलभेनियामा एक र्‍यालीमा हत्याको प्रयासको क्रममा ट्रम्पलाई गोली हानिएको थियो । र उनको कानमा गोली लागेको दुई महिनापछि आजको घटना भएको हो।

समर्थकहरूलाई ईमेलमा ट्रम्पले आफ्नो वरपर बन्दुकको गोली चलेको तर अफवाहहरू फैलिन अगाडि आफू सुरक्षित र राम्रो रहेको समर्थकहरुलाई बताउन चाहेको बताएका छन् । ूकुनै पनि कुराले आफूलाई सुस्त नबनाउने र आफूले कहिल्यै आत्मसमर्पण नगर्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले खेल्दा गल्फ कोर्स आंशिक रूपमा बन्द गरिएको थियो । ट्रम्प यस साताको अन्त्यमा फ्लोरिडा फर्केका थिए । उनले प्रायः बिहान गल्फ खेलेर विताउने गर्छन् ।
गत जुलाईमा भएको हत्या प्रयासपछि पूर्वराष्ट्रपतिको सुरक्षामा कडाइ गरिएको छ । जब उनी न्यूयोर्कको ट्रम्प टावरमा थिए, डम्प ट्रकहरूको लाइनअप भवनको बाहिर पर्खालमा पार्क गरिएको थियो। र बाहिरी र्‍यालीहरूमा उनी अचेल बुलेटप्रुफ सिसाको घेरा पछाडिबाट बोल्छन्।

घटनापछि ट्रम्पलाई आफ्नो निजी मार ए लागो क्लबमा सुरक्षित रूपमा फिर्ता गरिएको छ । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिस दुबैलाई घटनाबारे जानकारी गराइएको जनाएको छ । ट्रम्प सुरक्षित भएको थाहा पाउँदा राहत अुनभव भएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प सुरक्षित भएकोमा खुसी व्यक्त गर्दै अमेरिकामा हिंसाको कुनै स्थान नभएको बताएकी छिन् ।

संदिग्ध व्यक्तिले कथित हत्या प्रयासमा आफ्नो संलग्नताको बारेमा कुनै बयान दिएको छैन । अधिकारीहरूले संदिग्धको नाम भने खुलाएका छैनन्। हिरासतमा लिइएको व्यक्ति पक्राउ पर्दा शान्त रहेको र कुनै भावनाहरू प्रदर्शन नगरेको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूले संदीग्धलाई कारबाट बाहिर निकाल्दा साथमा हतियार थिएन। संदिग्धको गाडीलाई सुरक्षित रूपमा रोक्नु अघि हाइवेको ठूलो भाग बन्द गरिएको थियो ।

फ्लोरिडाको वेस्ट पाम बिचमा रहेको ट्रम्पको चुनावी कार्यालय घटनापछि लकडाउन गरिएको थियो । त्यस समयमा भवनमा धेरै कर्मचारीहरू थिए । अहिले लकडाउन भने हटाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com