न्युयोर्कको क्वीन्समा चालकमाथि टाउकोमा गोली प्रहार गरी हत्यापछि गाडी जोतिएर पैदलयात्रु घाइते


प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार

न्युयोर्कको क्वीन्समा एक गाडीभित्र रहेका एक ६६ वर्षीय पुरुषलाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। दिउसो ४ बजेर ५० मिनेटमा अधिकारीहरुले ११७ रोड र फार्मर्स बुलभार्डको वरपर गोली चलाएको जानकारी पाएपछि घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा प्रहरीले खैरो २०१४ निसान एसयूभी भित्र टाउकोमा बन्दुकको गोली लागेको अवस्थामा विलियम अल्सिन्डोरलाई भेट्टाएका थिए । चालकलाई जमैका अस्पताल मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई पछि मृत घोषित गरिएको थियो।

प्रारम्भिक अनुसन्धान अनुशार उनले गाडी चलाइरहेका बेलामा टाउकोमा गोली प्रहार भएको थियो । त्यसपछि उनले गाडीको नियन्त्रण गुमाएका थिए । जसका कारण २३ वर्षीया महिला पैदलयात्रीलाई ठक्कर दिएका थिए ।

महिलाको खुट्टामा चोट लागेको थियो भने जमैका अस्पताल मेडिकल सेन्टरमा लगिएको थियो। उनको अवस्था स्थीर भएको जनाइएको छ । घटना सम्बन्धमा। कोहीपनि पक्राउ परेका छैनन् र अनुसन्धान जारी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com