अमेरिकामा एभरेष्ट फेडरल क्रेडिट युनियनले बचत खातामा ५ प्रतिशतसम्म ब्याज दिने


प्रकाशित मिति : आश्विन १४, २०८१ सोमबार

pexels-photo-164527.jpeg

नेपाली समुदायबाट संचालित न्युयोर्कमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । युनियनले ६ महिना र १२ महिनाका बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने जानकारी दिएको छ ।

६ महिने सर्टिफिकेट अफ डिपोजिट बचत खातामा ५ हजार डलरदेखि १ लाखडलरसम्म फिक्स्ड डिपोजिट गरेको खण्डमा ६ महिनासम्म ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । तर प्रोमोशनल अवधि सकिएपछि भने १ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । १ लाख डलरभन्दा बढी रकम ६ महिनासम्म सीडी खातामा फिक्स्ड डिपोजिट गर्नेहरुलाई भने २ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । ६ महिनाको प्रोमोशनल अवधि सकिएपछि भने उनीहरुले पनि १ दशमलव ५ प्रतिशत ब्याजदर पाउनेछन् ।

त्यस्तै १२ महिनाको फिक्स्ड डिपोजिट खातामा ५ हजारदेखि १ लाख डलरसम्म डिपोजिट गर्नेहरुले ५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । तर १२ महिनाको प्रोमोशनल अवधि सकिएपछि भने १ दशमलव ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । १ लाख डलरभन्दा बढी रकम १२ महिनासम्म सीडी खातामा फिक्स्ड डिपोजिट गर्नेहरुलाई भने २ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । १२ महिनाको प्रोमोशनल अवधि सकिएपछि भने उनीहरुले पनि १ दशमलव ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

२४ महिना, ३६ महिना, ४८ महिना र ६० महिना सीडी खातामा फिक्स्ड डिपोजिट राख्न चाहनेहरुका लागि पनि फरक फरक अफरहरु रहेका छन् । यी अफरहरु सिमित अवधिका लागिमात्र भएकाले समयमै बचत खाता खोलेर फाइदा लिन एभरेष्ट फेडरल क्रेडिट युनियनले सुझाव दिएको छ । सेप्टेम्बर महिनामा अन्य बित्तिय संस्थासँग तुलना गर्दा एभरेष्ट फेडरल क्रेडिट युनियनले दिएको रेट उच्च अन्तरगत नै पर्छ ।

अमेरिकाको जुनसुकै भूभागमा बस्ने नेपालीहरुले एभरेष्ट फेडरल क्रेडिट युनियनको सदस्य बन्न र खाता खोल्न सक्छन् । एभरेष्ट फेडरल क्रेडिट युनियनमा पनि संघीय रूपमा कम्तिमा २ लाख ५० हजार डलरसम्मको रकमको बीमा गरिएको हुन्छ ।

निकट भविश्यमा मोर्गेज लोन र विजनेश लोनको योजना पनि ल्याउन लागेको एभरेष्ट फेडरल क्रेडिट युनियनले जनाएको छ । साथै डेबिट कार्ड समेत ल्याउने तयारी भइरहेको र यो बर्षको अन्तिमसम्म डेबिट कार्ड जारी गर्न सुरु गर्ने युनियनले जनाएको छ ।

अमेरिकामा बित्तिय संस्थाले फिक्स्ट डिपोजिट खातामा दिने ब्याजदर तुलना गर्न यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com