गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धि, सही शुल्क बुझाउन युएससीआईएसको सुझाव


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा बृद्धिभएपछि युएससीआईएसले सही शुल्क सहित आवेदन दिन सुझाव दिएको छ । युएससीआईएसले गत अप्रिल १ देखि विभिन्न आवेदनमा शुल्क परिवर्तन गरेकोमा त्यसपछि गलत शुल्कसहित वर्क परमिट आवेदन दिनेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको युएससीआईएसले जनाएको छ ।

वर्क परमिट आवेदन आई ७६५ आवेदन दिंदा अनलाइन आवेदनका सन्दर्भमा ४७० डलर शुल्क तिर्नुपर्छ भने कागजीरुपमा फाइल गर्दा ५२० डलर शुल्क तिर्नुपर्छ । ग्रिनकार्ड आवेदन विचाराधिन रहेको अवस्थामा वर्क परमिटको आवेदन दिंदा वा शुल्क तिरेको ग्रिनकार्ड आवेदन आई ४८५ सँगै वर्क परमिट आवेदन दिंदा २६० डलर शुल्क तिर्नुपर्छ ।

अप्रिल १ वा त्यसपछि गलत शुल्कसहित पठाइएका आवेदनहरु अस्वीकृत गर्ने युएससीआईएसले जनाएको छ । अप्रिल १ पछिको परिवर्तित शुल्कहरु हेर्न यहाँ क्लीक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com