रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड सहज बनाउने नयाँ पोलिसी अलर्ट जारी


प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार

रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड (ईबी वान)का लागि चाहिने प्रमाणहरुबारे युएससीआईएसबाट नयाँ पोलिसी अलर्ट जारी गरिएको छ । यो श्रेणीको ग्रिनकार्डका लागि योग्यता निर्धारण गर्न युएससीआईएसले मूल्याङ्कन गर्न सक्ने प्रमाणका प्रकारहरूलाई थप स्पष्ट पार्न यो नयाँ पोलिसी अलर्ट जारी गरिएको युएससीआईएसले जनाएको छ ।

नयाँ मार्गनिर्देशनमा आफ्नो क्षेत्रमा उत्कृष्टताका लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त पुरस्कार वा पुरस्कारहरूको लागि मापदण्ड अन्तर्गत समुहगत पुरस्कारहरू प्राप्त गर्ने व्यक्तिलाई पनि विचार गरिने प्रष्ट पारिएको छ । अर्थात् आवेदक एक्लैले नभई टिमले प्राप्त गरेको अवार्डलाई पनि स्वीकार गरिने भएको छ ।

त्यस्तै सदस्यताको मापदण्ड अन्तरगत विगतको सदस्यता समेत विचार गर्ने युएससीआईएसले स्पष्ट गरेको छ । अर्थात् सदस्यताको मापदण्ड पुष्टी गर्नका लागि आवेदन अहिले पनि सम्बन्धित संस्थामा सदस्य भइरहनुपर्ने छैन, विगतको सदस्यता समेत स्वीकार गरिनेछ ।

त्यस्तै अबदेखि प्रकाशित सामग्रीले व्यक्तिको कामको मूल्य र प्रकाशित सामग्रीको मापदण्ड पूरा गर्नका लागि योगदानहरू देखाउनै पर्छ भन्ने सुझाव दिने भाषा समेत हटाइएको छ । जसले गर्दा आवेदकलाई आफ्नो योग्यताको मापदण्ड पूरा गर्न विगतको भन्दा सहज हुनेछ ।

त्यस्तै शब्दकोशले प्रदर्शनी भन्नाले कलामामात्र सीमित नभई सार्वजनिक रुपमा देखाउने हरेक प्रदर्शनीलाई परिभाषित गर्ने भएकाले नीति नियमलाई परिमार्जन गरेर कलात्मक प्रदर्शनी बनाइएको छ । गैरकलात्मक प्रदर्शनीलाई अबदेखि तुलनात्मक प्रमाणको उचित रूपमा समर्थित दावीको भागको रूपमामात्र स्वीकार गरिनेछ ।

यो नयाँ मार्गनिर्देशन गतबर्षको अघिल्लो नीति अपडेटमा नै थप भएको र यसले लाभार्थीको योग्यता स्थापित गर्न सक्ने उपयुक्त प्रमाण पेश गर्न आवेदकलाई सहयोग गर्न थप स्पष्टता र पारदर्शिता प्रदान गर्ने युएससीआईएसले जनाएको छ । यो अपडेट तुरुन्तै प्रभावकारी हुने र यस विषयमा कुनै पनि सम्बन्धित पूर्व निर्देशनलाई नियन्त्रण र अधिग्रहण गर्ने समेत युएससीआईएसले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com