कमला ह्यारिस: ९९, डोनाल्ड ट्रम्प: १७७, जित्न आवश्यक इलेक्टोरल मत: २७०


प्रकाशित मिति : कार्तिक २०, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले  कुल १७७ इलेक्टोरल मत जितेका छन् भने कमला ह्यारिसले ९९  इलेक्टोरल मत जितेकी छिन् ।

अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि जम्मा ५३८ इलेक्टोरल मतमध्ये  कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ भने हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ ।

कमला ह्यारिसलाई २२६ इलेक्टोरल भोट हुने राज्यमा प्रष्ट रूपमा मन पराइएको छ भने डोनाल्ड ट्रम्पलाई २१९ मत हुने राज्यहरूमा प्रष्ट रुपमा मन पराइएको छ। जित्नको लागि ह्यारिसलाई सात ब्याटलग्राउण्ड राज्यहरूबाट कम्तिमा ४४ र ट्रम्पलाई ५१ इलेक्टोरल मत चाहिन्छ ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com