बाइडेन कार्यकालमा ५ हजारभन्दा बढी नेपाली अमेरिकामा ओभरस्टे
प्रकाशित मिति : पुस २०, २०८१ शनिबार
बाइडेन कार्यकालको सुरुको ३ बर्षमा अमेरिकामा ४६९३ नेपाली ओभरस्टे भएका छन् । जसमध्ये भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको संख्या ३१४३ रहेको छ । थौथो बर्षको समेत अनुमानित संख्या जोड्दा बाइडेन कार्यकालमा ५ हजारभन्दा बढी नेपालीहरु गैर आप्रवासी भिसामा अमेरिकामा आएर ओभरस्टे भएका छन् ।
अमेरिकामा आर्थिक बर्ष २०२३ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव १९ प्रतिशत रहेको छ । जसमध्ये ३ दशमलव ६० प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसे भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष सन् २०२३ मा २४ हजार ७ सय २३ जनाले अमेरिका छाडने अपेक्षा गरिएको थियो तर त्यसमध्ये १ हजार ३६ जना ओभरस्टे भए, त्यसमा ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बस्नेहरु ८९० जना थिए भने १४६ जनाले ओभरस्टे भएपछि अमेरिका छाडेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा यो प्रतिशत र संख्या दुबैको हिसाबले कम हो ।
अमेरिकामा आर्थिक बर्ष २०२२ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर १२ दशमलव ३१ प्रतिशत रहेको थियो । जसमध्ये १० दशमलव ८९ प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसेका थिए भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकमा उल्लेख छ ।
आर्थिक बर्ष २०२२ मा अमेरिकामा भिजिटर भिसामा रहेका १४ हजार ६९९ जनाले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर उनीहरुमध्ये २०८ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १६०१ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसे । यसरी आर्थिक बर्ष २०२२ मा कुल १८०९ जना भिजिटर भिसामा रहेका नेपालीहरु ओभरस्टे भए । उनीहरु भिसा अवधि नसकिदै अमेरिकाबाट फर्केनन् भने अमेरिकामा पनि स्टाटस परिवर्तन गरेनन् वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएनन् ।
आर्थिक बर्ष २०२१ को तुलनामा २०२२ को दर झण्डै दोब्बर थियो । आर्थिक बर्ष २०२१ मा अमेरिकामा भिजिटर भिसामा रहेका ३५०७ जना नेपालीहरुले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर १५२ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १४६ जना ओभरस्टे भएर पनि अमेरिकामा नै बसिरहे । यसरी आर्थिक बर्ष २०२१ मा कुल २९८ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । प्रतिशतमा हेर्दा भिजिटर भिसामा आएका नेपालीको कुल ओभरस्टे दर ८ दशमलव ५ प्रतिशत थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ४ दशमलव १६ प्रतिशत थिए ।
कोरोना महामारीका बाबजुत पनि आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा आएका जम्मा १२६१ जना नेपालीहरु ओभरस्टे भए । जसमध्ये ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए ।
आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा आएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको थियो । अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष २०२० मा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी थियो ।
आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ३ दशमलव ३८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ४९ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ३६ प्रतिशत रहेको थियो । अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ५७ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१७ मा भिजिटर भिसामा अमेरिका गएका २४ हजार २ सय ४० नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४५० जना अमेरिकाभित्रै ओभरस्टे भए भने ११४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर २ दशमलव ३३ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर १ दशमलव ८६ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१६ मा भिजिटर भिसामा अमेरिका गएका १८ हजार ७ सय ७५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ७८९ जना अमेरिकाभित्रै ओभरस्टे भए भने १५७ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ९४६ र दर ५ दशमलव ४ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ४ दशमलव २ प्रतिशत रहेको थियो ।
आर्थिक बर्ष २०१५ मा भिजिटर भिसामा अमेरिका गएका १५ हजार ३ सय ३२ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४९२ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ७२ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर ३ दशमलव ६८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव २१ प्रतिशत रहेको थियो ।
त्यस्तै आर्थिक बर्ष २०१४ मा भिजिटर भिसामा अमेरिका गएका ११ हजार ८ सय ९५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४१४ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ३९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ४५३ र दर ३ दशमलव ८१ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ४८ प्रतिशत रहेको थियो ।
विद्यार्थी भिसामा ओभरस्टे कति?
आर्थिक वर्ष २०२३ मा ४,३९१ नेपाली विद्यार्थीहरू अमेरिका छोड्नुपर्ने सूचीमा थिए, जसमा २३ जनालाई “देश बाहिरको ओभरस्टे” र ४२५ जनालाई “देश भित्रको सम्भावित ओभरस्टे” को रूपमा वर्गीकृत गरिएको छ। यसबाट कुल ओभरस्टे दर १०.२०% देखिएको छ, जसमा देश भित्रको सम्भावित ओभरस्टे दर ९.६८% रहेको छ।
यस वर्षको तथ्यांक आर्थिक वर्ष २०२२ को तुलनामा सुधार भएको देखिन्छ, जहाँ ४,०८३ नेपाली विद्यार्थीहरूलाई अमेरिका छोड्नुपर्ने सूचीमा राखिएको थियो। ती मध्ये ३७ जना “देश बाहिरको ओभरस्टे” र ६४३ जना “देश भित्रको सम्भावित ओभरस्टे” को रूपमा वर्गीकृत थिए। त्यस वर्ष नेपाली विद्यार्थीहरूको कुल ओभरस्टे दर १६.६५% थियो, जसमा देश भित्रको सम्भावित ओभरस्टे दर १५.७५% थियो।
सीबीपीले ओभरस्टेको दुई प्रकार निर्धारण गरेको स्पष्ट पारेको छ: जसमा देशबाट बाहिरिएको तथ्यांक दर्ता नभएका व्यक्तिहरू (देश भित्रको सम्भावित ओभरस्टे) र स्वीकृत अवधि समाप्त भइसकेपछि बाहिरिएको तथ्यांक दर्ता भएका व्यक्तिहरू (देश बाहिरको ओभरस्टे) समावेश छन्।
सीबीपीको व्याख्या अनुसार ओभरस्टे ती गैरआप्रवासी हुन् जसले संयुक्त राज्य अमेरिकामा कानूनतः प्रवेश गरेका थिए तर आफ्नो स्वीकृत बसोबास अवधिभन्दा लामो समय बसोबास गरे। यो अवधि निश्चित समयावधि पनि हुन सक्छ वा कुनै विशेष क्रियाकलाप जस्तै पूर्ण अध्ययन कोर्ष वा कुनै प्राविधिक/व्यावहारिक तालिम कार्यक्रमको अवधिसम्म हुन सक्छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप व्याख्या गरेको छ , “विदेशी नागरिकले आफ्नो आगमनको उद्देश्य पुरा गरेपछि वा त्यो उद्देश्यको लागि समर्पित गतिविधिमा संलग्न नरहेपछि स्वीकृत बसोबास अवधि समाप्त हुन्छ। उदाहरणका लागि, अध्ययनका लागि अमेरिका प्रवेश गरेका विद्यार्थीले आफ्नो कार्यक्रम समाप्त गरेपछि अमेरिका छोड्नुपर्छ, अर्को आप्रवासन स्थिति परिवर्तन गर्नुपर्छ, वा अर्को अध्ययन कार्यक्रममा अगाडि बढ्नुपर्छ।”