ट्रम्पको जीत संसदबाट प्रमाणिकरण, जनवरी २० मा पदस्थापन


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

अमेरिकी संसदले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको जीत औपचारिक रुपमा प्रमाणिकरण गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले हाउस चेम्बरमा इलेक्टोरल मत गणनाको अध्यक्षता गरेकी थिइन् । उनले ट्रम्पसँग पराजित भएको चुनावको प्रमाणीकरणको नेतृत्व गरेकी हुन् ।

अमेरिकाको राजधानी हिउँले ढाकिएको अवस्थामा कडा सुरक्षा घेराका बीच कुनै पनि अवरोधविना ट्रम्पको जीत प्रमाणिकरण गरिएको हो । ४० मिनेटको समारोहमा प्रत्येक राज्यको मत गणना गरिएको थियो भने सांसदहरूले उनीहरूको प्रतिनिधिमण्डलको लागि हर्षोल्लास गरेका थिए । ट्रम्पको पक्षमा ३१२ र ह्यारिसका पक्षमा २२६ इलेक्टोरल मत गणना गरिएको थियो । अब ट्रम्पले जनवरी २० मा हुने समारोहमा सपथ ग्रहण गर्नेछन् ।

आजकै दिन जो बाइडेनको जीत प्रमाणिकरण कार्यक्रममा ४ बर्ष अगाडि अवरोध उत्पन्न भएको थियो । चुनावी धाँधलीको झूटा दावीहरूबाट प्रभावित भएर २०२० को चुनावमा बाइडेनको विजयलाई रोक्ने प्रयासमा संसद भवन क्यापिटल हिलमा आक्रमण भएको थियो ।

(रिचर्ड पिएरिन / एएफपी)

उपराष्ट्रपति कमला ह्यारिसले सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग आफ्नो पराजय प्रमाणित गर्ने प्रक्रियाको निरीक्षण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी लोकतन्त्र र शक्तिको शान्तिपूर्ण हस्तान्तरणका लागि यस प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्नु महत्त्वपूर्ण भएको बताएकी छिन् । अमेरिकाको संविधानको समर्थन र रक्षा गर्न आफूले धेरै पटक लिएको शपथलाई गम्भीरताका साथ लिएको र आज अमेरिकाको लोकतन्त्र खडा भएको ह्यारिसले बताइन् ।

२०२० चुनावको प्रमाणीकरणको अध्यक्षता गर्दा ज्यान मार्ने धम्कीको सामना गरेका पूर्व उपराष्ट्रपति माइक पेन्सले आजको प्रक्रियामा व्यवस्था र सभ्यता फिर्ता भएको भन्दै प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा उनले उपराष्ट्रपति कमला ह्यारिसलाई उनले हारेको चुनावको प्रमाणीकरणको अध्यक्षता प्रशंसनीय भएको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com