ग्रिनकार्ड लगायत एलियन रजिष्ट्रेशन बोकेर नहिडे ५ हजार जरिवानाको नियम सत्य हो?


प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

अमेरिकामा बसोबास गर्ने अमेरिकी नागरिकबाहेक अन्य गैर नागरिकहरुले ग्रिनकार्ड लगायत एलियन नम्बर भएका कागजात बोकेर नहिडे ५ हजार डलर जरिवाना वा जेल सजाय वा दुबै सजाय हुनसक्ने चेतावनी ट्रम्प प्रशासनले दिदै आएको कुरा सत्य हो । बुधबार पनि युएससीआईएसले वेवसाइट पृष्ठ अपडेट गर्दै ग्रिनकार्डवाहक लगायत सबै गैर नागरिकहरुले अमेरिकाभित्र हिडडुल गर्दा ग्रिनकार्ड लगायतका एलियन नम्बर उल्लेख भएका वा एलियन दर्ता भएका कागजातहरु बोकेर नहिडे कारवाहीको चेतावनी दिएको हो ।

यसका बाबजुत सजायका सन्दर्भमा केही अन्यौलहरु पनि देखिएको छ । किनभने अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २६४ ई अन्तरगत यस्ता कागजात बोकेर नहिडे १ सय डलरसम्म जरिवाना, ३० दिनसम्म जेलसजाय वा दुबै सजाय हुनसक्ने उल्लेख गरिएको छ । यो ऐनले १८ बर्षभन्दा माथिका अमेरिकी नागरिकबाहेकका व्यक्तिले एलियन दर्ता कागजातको प्रमाण जस्तै वर्क परमिट, ग्रिन कार्ड वा आई ९४ जस्ता कागजात अमेरिकाभित्र यात्रा गर्दा वा दैनिक जीवनमा समेत अनिवार्य बोक्नुपर्ने व्यवस्था गरेको छ ।

हेर्नुहोस् अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २६४ ई : 

अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २६४ ईको स्क्रीनशट ।

बुधबार फेडरल रजिष्ट्रर प्रकाशित नियमले यसलाई सी श्रेणीको दुराचारका रुपमा परिभाषित गरेको छ । र ५ हजार डलरसम्म जरिवाना र ३० दिनसम्म जेल वा दुबै सजाय हुने उल्लेख गरेको छ । हेर्नुहोस् बुधबार फेडरल रजिष्ट्ररमा प्रकाशित नियम ।

बुधबार फेडरल रजिष्ट्ररमा प्रकाशित नियमको स्क्रीनशट जहाँ ५ हजारडलरसम्म जरिवाना र १ महिनासम्म जेल सजायको प्रावधान उल्लेख छ ।

खासगरी यस्ता कागजातहरु बोकेर नहिले सी श्रेणीको दुराचार मानिने फेडरल रजिष्ट्ररमा प्रकाशित नियममा उल्लेख छ । त्यसका लागि फेडरल रजिष्ट्ररमा युएस कोडको यो नियम उल्लेख गरिएकोछ । हेर्नुहोस् फेडरल रजिष्ट्ररमा प्रकाशित नियममा उल्लेख गरिएको नियम ।

दुराचार मानिने नियमको स्क्रीनशट ।

यो नियमसँग फेडलर रजिष्ट्रर सूचनामा अरु दुईवटा नियमपनि उल्लेख गरिएको छ, जसमध्ये एउटा छ युएस कोडको टाइटल १८ अन्तरगत ३५५९ ए ८ । जसमा ३० दिनसम्म सी श्रेणीको दुराचारमा ३० दिनसम्म जेल सजाय हुनसक्ने उल्लेख छ । हेर्नुहोस् उक्त नियम ।

सी श्रेणीको दुराचारमा हुनसक्ने सजायसम्बन्धि व्यवस्था, जुन फेडरल रजिष्ट्ररमा प्रकाशित नियममा समावेश गरिएको छ ।

योसँगै युएस कोडको टाइटल १८ अन्तरगत ३५७१ बी ६ को नियम पनि फेडरल रजिष्ट्ररको नियममा समावेश गरिएको छ । अब हेरौं उक्त नियममा के छ ? उक्त नियममा बी वा सी श्रेणीको दुराचारमा ५ हजारडलरसम्म जरिवाना हुनसक्ने उल्लेख छ । युएससीआईएसले यसैलाई आधार मानेर एलियन नम्बर भएका कागजात नबोके ५ हजार डलरसम्म जरिवानाको चेतावनी दिइरहेको छ । हेर्नुहोस् युए कोडको टाइटल १८ अन्तरगत ३५७१ बी ६ को नियम । 

हेर्नुहोस् युए कोडको टाइटल १८ अन्तरगत ३५७१ बी ६ को नियमको स्क्रीनशट । यही नियमलाई आधार मानेर युएससीआईएसले ५ हजार डलर जरिवानाको चेतावनी दिइरहेको छ ।

फेडरल रष्ट्रिरमा नियम प्रकाशित भएपछि सोही नियमलाई आधार मानेर युएससीआईएसले आफ्नो एलियन रष्ट्रिेशन सम्बन्धि पृष्ठ पनि अपडेट गरेको छ, जसमा दर्ता कागजातहरु नबोके ५ हजार डलरसम्म जरिवाना र ३० दिनसम्म जेल सजाय वा दुबै सजाय हुनसक्ने चेतावनी दिइएको छ । हेर्नुहोस् युएससीआइएसको एलियन रजिष्ट्रेशनबारेको अपडेटेड पृष्ठ ।

बुधबार अपडेट गरिएको युएससीआइएसको एलियन रजिष्ट्रेशनबारेको पृष्ठ, जसमा कागजात नबोके ५ हजार डलरसम्म जरिवाना र जेल सजायको चेतावनी दिइएको छ ।

यद्यपी युएससीआईएसले पनि १८ बर्षभन्दा माथिका अमेरिकी नागरिक बाहेकका व्यक्तिलाई वर्क परमिट, ग्रिनकार्ड वा एलियन दर्ता प्रमाणहरु सधै साथमा राख्नुपर्ने स्मरण अहिलेमात्र हैन, विगत लामो समयदेखि नै गराउँदै आएको छ । त्यसका लागि हेर्नुहोस् युएससीआईएसको वेवसाइट ।

युएससीआईएसको वेवसाइटको स्क्रीनशट जहाँ पनि १८ बर्षभन्दा माथिका अमेरिकी नागरिक बाहेकका व्यक्तिलाई वर्क परमिट, ग्रिनकार्ड वा एलियन दर्ता प्रमाणहरु सधै साथमा राख्न भनिएको छ ।

यो कानून गैर नागरिकहरूले अमेरिकामा अधिकारीहरुले आवश्यक परेको खण्डमा उनीहरूको कानूनी स्थिति प्रमाणित गर्न सक्ने सुनिश्चित गर्न डिजाइन गरिएको हो । सम्भावित कानुनी समस्याहरूबाट बच्नको लागि गैरनागरिकहरूका लागि कानुनले आवश्यक भएअनुसार आफ्नो वैध आप्रवासन कागजातहरू सधैं बोक्न महत्त्वपूर्ण छ। एलियन रजिष्ट्रेशनका रुपमा अमेरिकी सरकारले विभिन्न फर्महरुलाई सूचिकृत गर्दै आएपनि त्यसमा अब नयाँ फर्म जी ३२५ आरपनि थपेको हो । यस अगाडि कस्ता कस्ता फर्म भरेको व्यक्तिलाई स्वत दर्ताका रुपमा मानिदै आएको थियो ? हेर्नुहोस् फर्महरुको विवरण ।

 

फर्महरुको विवरण यो स्क्रीनशटमा पनि हेर्न सक्नुहुनेछ । यदि तपाईले विगतमा यी फर्महरु भर्नुभएको थियो भने तपाईले स्वत एलियन रजिष्ट्रेशन गरेको मानिनेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियम अनुशार दर्ताको प्रमाणको रूपमा विभिन्न कागजातहरू स्वीकार्य छन् । जसमा एउटा रहेको छ आई ९४ आगमन प्रस्थान अभिलेख । गैरआप्रवासी रूपमा अमेरिका आएका विदेशीहरू, आप्रवासन र राष्ट्रियता ऐनको धारा २१२ डी फाइभ अन्तर्गत अमेरिकामा परोल गरिएका विदेशीहरू लगायतले यो कागजात बोक्न सक्छन् । इलेक्ट्रोनिक फारम आई ९४ को प्रिन्टआउट बोक्दा पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियमलाई पूरा गर्न सकिन्छ । हराएको, चोरी भएको वा क्षतिग्रस्त फारम आई ९४ लाई प्रतिस्थापन गर्न दायर गरिएको आवेदन पनि अस्थायी दर्ताको प्रमाणका रुपमा लिइन्छ । कस्ता कस्ता प्रमाणहरुलाई एलियन रजिष्ट्रेशनका रुपमा लिइन्छ, हेर्नुहोस् उक्त सूचि ।

एलियन रजिष्ट्रेशनका रुपमा लिइने प्रमाणहरु ।

इलेक्ट्रोनिक फारम आई ९४ को प्रिन्टआउट बोक्दा पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियमलाई पूरा गर्न सकिन्छ । हराएको, चोरी भएको वा क्षतिग्रस्त फारम आई ९४ लाई प्रतिस्थापन गर्न दायर गरिएको आवेदन पनि अस्थायी दर्ताको प्रमाणका रुपमा लिइन्छ ।

इलेक्ट्रोनिक फारम आई ९४ को प्रिन्टआउट बोक्दा पनि प्रमाणका रुपमा मानिने नियम ।

कसकसले दर्ता गर्नुपर्छ? कसकसले पहिले नै दर्ता गरिसकेको मानिन्छ? विस्तृतमा हेर्नका लागि युएससीआईएसले बुधबाट अपडेट गरेको यो पृष्ठ हेर्नुहोला ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com