यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर रोशन तामाङ ओहायोमा आइसको नियन्त्रणमा


प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका रोशन तामाङलाई ओहायोको सिनसिनाटीबाट अमेरिकी अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको छ । उनी नेपालीभाषी भुटानी भएको आइसले जनाएको छ । भुटानका नागरिक रोशन तामाङलाई देश निकालाको अन्तिम आदेश दिइएपनि उनी अमेरिकामा नै बस्दै आएको आइसले जनाएको छ ।

तामाङ गम्भीर यौन दुर्व्यवहार, पक्राउ गर्ने अधिकारीमाथि हस्तक्षेप, लागूऔषध सामग्री राखेको, आपराधिक दुराचार र आपराधिक घुसपैठको अभियोगमा दोषी ठहर भएका थिए । ओहायोमा नेपाली र नेपालीभाषी समुदायको बाक्लो बसोबास रहेको छ । जसमा पुनर्वास कार्यक्रम अन्तरगत अमेरिका आएका भुटानी शरणार्थीको संख्या समेत उल्लेख्य रहेको छ ।

रोशन तामाङको मगशट । श्रोत बटलर काउन्टी प्रहरी ।

तामाङकोे यौन दुर्व्यवहारले समुदायमा गम्भीर खतरा निम्त्याएको आइसको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन डेट्रोइट फिल्ड अफिसका निर्देशक रोबर्ट लिन्चले बताएका छन् ।आइसका अधिकारीहरूले आपराधिक विदेशीहरू र आप्रवासन उल्लंघनकर्ताहरूलाई पक्राउ गरेर र देशनिकाला गरेर सार्वजनिक सुरक्षा प्रदान गर्न जारी राख्ने उनले बताएका छन् ।

उनलाई बटलर काउन्टी जेलमा राखिएको छ । जेलको रेकर्ड अनुशार उनी ३६ बर्षका हुन् भने ५ फिट ६ इन्च उचाई भएका र १३० पाउण्ड तौल रहेको छ । उनलाई ब्लू ऐश आइस अफिसले नियन्त्रणमा लिएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com