ट्रम्प प्रशासनद्वारा सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन
प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

ट्रम्प प्रशासनले अमेरिका र मेक्सिको सीमाको निगरानी गर्न जासुसी स्याटेलाईट एजेन्सीहरूलाई निर्देशन दिएको छ । ट्रम्प प्रशासनले अवैध आप्रवासन र लागूऔषध कार्टेलहरू विरुद्धको व्यापक कारबाहीको एक भागको रूपमा अमेरिका मेक्सिको सीमा क्षेत्रमा स्योटलाइट निगरानी क्षमताहरूलाई तालिम दिन दुई गुप्तचर एजेन्सीहरूलाई निर्देशन दिएको हो ।
रक्षा मन्त्रालयको हिस्सा रहेका राष्ट्रिय भूस्थानिक खुफिया एजेन्सी एनजीए र राष्ट्रिय जासूसी कार्यालय एनआरओले जासूसी उपग्रहहरूको निरीक्षण गर्छन् । उनीहरुले पेन्टागन र अन्य गुप्तचर संस्थाहरूको लागि तस्वीहरूको विश्लेषण गर्छन्।
उनीहरूको संलग्नताले सेना तैनाथीसँगै दक्षिणी सिमानाको बढ्दो सैन्यीकरण देखाएको छ । जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।
एनजीएले अमेरिकी सीमा मिसनलाई सहयोग समन्वय गर्न एक कार्यदल सिर्जना गरेको बताएको छ । त्यस्तै एनआरओले अमेरिकी सीमाहरू सुरक्षित गर्नू गुप्तचर समुदाय र पेन्टागनसँग साझेदारी गरिरहेको बताएको छ ।
यो सहभागिता ट्रम्पले अनधिकृत सीमा तस्करी र क्रसिङ रोक्ने उद्देश्यले लिएका व्यापक कार्यकारी कारबाहीहरूको प्रतिक्रिया रहेको जनाइएको छ ।
सरकारले वर्षौंदेखि सीमामा एआई र ड्रोन निगरानी तैनाथ गर्दै आएको छ, तर पछिल्लो पहलले सामान्यतया विदेशमा द्वन्द्वको लागि निर्माण गरिएको सैन्य क्षमताहरूको प्रयोगलाई विस्तार गर्ने लक्ष्य राखेको छ।