५ महिनामा ११०४ नेपालीलाई डाइभर्सिटी भिसा


प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

चालु आर्थिक बर्षको ५ महिनामा ११०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या जनवरी र फेब्रुअरीमा उल्लेख्य रहेको छ ।

फेब्रुअरीमा ३९४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो संख्या जनवरीको तुलनामा भने केही कम हो । जनवरीमा। डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ४९३ रहेको थियो । डिसेम्बरमा भने यो संख्या जम्मा १९७ मात्र रहेको थियो ।

चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा १४ जना र नोभेम्बरमा ६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । विगतको इतिहास हेर्दा आर्थिक बर्षको पहिलो ३ महिना डाइभर्सिटी भिसा कम जारी हुनु स्वभाविक प्रबृत्ति हो । यद्यपी पछिल्लो महिनाहरुमा भने दूतवासहरुले डाइभर्सिटी भिसा जारी गर्ने क्रमलाई तीब्र पार्ने गरेका छन् ।

जुन महिनामा लागि ८ हजार सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा प्राप्त गर्न सक्नेछन् । केस नम्बरको कटअफ जनवरी र फेब्रुअरी दुबैमा ३,५०० थियो भने मार्चका लागि ४५ सय बनाइएको थियो । यो कटअफ नम्बर अप्रिलका लागि भने ५९५० रहेको छ भने मे महिनाका लागि ६ हजार ४ सय ५० रहेको छ ।

त्यसअघि अक्टोबर, नोभेम्बर, र डिसेम्बर महिनाहरूमा, २,९५० सम्मको केस नम्बरहरू भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा, कटअफ ३,५०० मा वृद्धि गरियो, तर फेब्रुअरीका लागि थप कुनै परिवर्तन गरिएको थिएन।

अक्टोबर १ देखि सुरु भएको आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com