तस्विरमा लस भेगस आक्रमण, जहाँ ५० भन्दा धेरैको मृत्यु भयो


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोकले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणपछि बन्दुकधारीले आत्महत्या गरेको छ । अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो। बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध रहेको प्रमाण फेला परेको छैन । बन्दुकधारीसँग रहेकी एक महिलालाई प्रहरीले फेला पारेको छ । एपी, गेटी र रोयटर्सका केही तस्विरहरु  ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com