सिमाक्षेत्रमा सुरक्षा गस्तीमाथि आक्रमणपछि पर्खाल लगाएरै छाड्ने ट्रम्पको प्रतिबद्धता
प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार
अमेरिकाको टेक्सासको सिमा क्षेत्रमा गस्तीमा रहेका सिमा सुरक्षा अधिकारीमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउनैपर्ने र लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आक्रमणमा सुरक्षा अधिकारीको मृत्युपछि ट्रम्पले ट्वीट गर्दै भनेका छन् – ‘हामी पर्खाल लगाउनेछौं र लगाउनैपर्छ ।’
Border Patrol Officer killed at Southern Border, another badly hurt. We will seek out and bring to justice those responsible. We will, and must, build the Wall!
— Donald J. Trump (@realDonaldTrump) November 20, 2017
सिमा क्षेत्रमा भएको आक्रमणमा एकजना सिमा सुरक्षा अधिकारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार विहान भएको आक्रमणमा रोजेलियो मार्टिनेज नामका अधिकारीको मृत्यु भएको थियो । आक्रमण कसले र किन गरेको हो भन्नेबारे एफबीआईले अनुसन्धान सुरु गरेको छ । घाइते सिमा सुरक्षा अधिकारीको अवस्था पनि गम्भिर रहेको जनाइएको छ । मार्टिनेज सन् २०१३ देखि सिमा सुरक्षा अधिकारीका रुपमा कार्यरत रहदै आएका थिए ।
सिमा सुरक्षा गस्तीको वेवसाइट अनुशार सन् २००३ यता यस्ता आक्रमणमा ६८ जना अधिकारीहरुको ज्यान गइसकेको छ । यसैबीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी कार्यकारी प्रमुख एलेन ड्युकले वक्तब्य जारी गर्दै टेक्सासको दक्षिणी सिमामा भएको आक्रमणको मार्टिनेजको निधन भएकोमा दुख व्यक्त गर्दै दुखद घटनाको कारणबारे भइरहेको अनुसन्धानमा आफूहरुले पूर्णरुपमा सहयोग गरिरहेको बताएकी छिन् ।