नेपालीलाई अमेरिकी विद्यार्थी भिसा बढ्दो, भिजिटर भिसा घट्दो


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

नोभेम्बर महिनामा ११६९ जना नेपालीहरुलेमात्र अमेरिकाको भिजिटर र बिजनेश अर्थात् बी श्रेणीको भिसा पाएको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अक्टोबर महिनाको तुलनामा नोभेम्बर महिनामा भिजिटर भिसा पाउने नेपालीहरुको संख्या घटेको हो ।

अमेरिकाको नयाँ आर्थिक बर्ष सुरु हुनासाथ अक्टोबर महिनामा १२६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । जसमध्ये बी वानमात्र पाउनेहरु २ जना, बी वान र बी टु दुबै पाउने १२६३ जना र बी टुमात्र पाउने नेपालीहरु २ जना रहेका थिए । तर नोभेम्बर महिनामा भने २ जना नेपालीहरुले बी वान, ११६६ जना नेपालीले बी वान, बी टु दुबै र १ जना नेपालीले बी टु भिसा पाएका छन् ।

नोभेम्बर महिनामा विश्वभरबाट ११६९ जना नेपालीहरुले अमेरिकाको बी भिसा प्राप्त गरेपनि काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने १ हजार ६ जनालाईमात्र भिजिटर भिसा जारी गरेको छ । अक्टोबर महिनामा विश्वभरबाट १२६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेपनि काठमाडौंमा रहेको दूतावासले भने जम्मा १०९३ जनालाई बी क्याटेगोरीको भिसा जारी गरेको थियो ।

अक्टोबरमा ५२ जना नेपालीहरुले मात्र विद्यार्थी भिसा पाएकोमा नोभेम्बरमा भने यो संख्या केही बढेको छ । नोभेम्बरमा १६८ जना नेपाली विद्यार्थीहरुले अमेरिकाको विद्यार्थी भिसा एफ वान पाएका छन् । त्यो बाहेक ३३ जना नेपाली विद्यार्थीका डिपेन्डेन्टहरुले पनि नोभेम्बरमा एफ टु भिसा पाएका छन् । नोभेम्बरमा भिसा पाउने १६८ नेपाली विद्यार्थीहरुमध्ये १६० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाएका थिए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com