तपाई कती धनी ?
प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार
अलेक्जेण्डर महान् विश्व विजय गर्दै भारतसम्म आइपुगेका थिए । भारतबाट फर्कन लाग्दा त्यहाबाट सोभिनियरको रूपमा एक ज्ञानी सन्त लैजाने उनले विचार गरे र आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरू खोज्दै डण्डामिसको झुपडीमा पुगे । र, सम्राटले बोलाएको कुरा राखे ।
डण्डामिस एक महान् सन्त थिए । उनलाई कुनै कुराको लोभ थिएन । त्यसर्थ उनले जानबाट इन्कार गरे । सैनिकद्वारा धेरै प्रयाश गर्दा पनि डण्डामिस जान नमानेपछी स्वयं अलेक्जेण्ड त्यहा आइ भने, ‘म आधा राज्यको सम्राट हु, मसँग हिड्नुहोस् ।’ यो सुनेर डण्डामिसले भने, ‘सम्राट अरे, हेर्दा त तँ भिखारी देखिन्छस् नि !’
यो वाक्य सुनेर सम्राट रन्थनिन्छन यद्यपी आफूलाई सम्हाल्दै उनले च्याप्प डण्डामिसको हात समात्छन् र भन्दछन्, ‘मलाई भिखारी त भन्नुभयो अब प्रमाणित गरेर देखाउनुस अन्यथा म जे पनि गर्न सक्दछु ।’
डण्डामिस हास्दै भन्दछन्, ‘सत्यलाई प्रमाणित गर्नु कुन ठूलो कुरा भयो र ! सोच्नुस्, मानौ तपाई र म मरूभूमिमा हरायौ, तपाईका सेना, तपाईका मान्छे सबै हराए । कयौ दिनसम्म खान पाइएन । पानीसमेत पिउन पाइएन । त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पनि पानी पिउन पाउनुभएन भने तपाई मर्नुहुन्छ । तपाई पानी पानीऽ भन्दै तड्पिरहनुभएको छ । त्यो अवस्थामा मैले एक लोटा पानी लिएर दिए भने त्यसको बदलामा के दिनुहुन्छ मलाई, भन्नुहोस् त ?’
सिकन्दर सोचमग्न भए र जवाफ दिए, ‘म सम्राट हुँ, जे पनि दिन सक्छु, तप त्यहा एक लोटा पानी भनेको पानी मात्र नभएर जिन्दगी हो ।’ उनले अझै सोच्दै भने ‘म एक घण्ट पछी मर्छु, पानीविना…’ तर त्यो घण्ट पनि घट्दै थियो । अनी उनले हास्दै भने, – म आधी राज्य दिन्छु । नत्र मरिन्छ भन्ने उनलाई थाहा थियो । तर डण्डामिसले लोटालाइ घोप्ट्याउदै भने, ‘अह! आधी राज्यले पाइदैन पानी, भन्नुस के दिनुहुन्छ ?’
हाय! सबै पानी पोखीरहेको छ । उनी साह्रै निरीह बने । धेरै सोचे र सम्हालिदै भने, ‘पानी सकिदै छ । मेरो मृत्य नजिकिदै छ, जम्मा आधी घण्टा…’ सिकन्दर कम थिएनन् उनले भने, ‘म एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य दिन्छु ।’
डण्डामिसले हासेर भने – महाराज मैले अघि नै भनेको होइन तपाई भिखारी हुनुहुन्छ । जीवनभर कमाएको सम्पत्ती त एक लोटा पानी बराबर प्रमाणित भएन त ?
सिकन्दर राजाहरूका राजा, एकजना भिखारीका समु खुट्टा समाउन झुके उनी । उनले भने यो सिकन्दर नभेको भए तपाईको चेलो बन्थ्यो…।
उनले मर्नु अघी सबैलाई भने, म मरेपछी मेरो हात अर्थीबाट बाहिर निकालीदिनु । र, उनको मृत्यमा त्यसै गरियो । अर्थीबाट हात लमतन्न बाहिर निकालियो । सबै अचम्म परे । उनको यो अन्तिम शन्देस थियो – उनले सम्पूरण संसारलाई जिते तर मरेर जादाँ उनी रित्तो हात फर्किरहेका छन । यो कुरा सबै मान्छेहरूले बुझुन्… ।