दशैंको स्वागतमा ‘भेजिटेरियन फेशन शो’
प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार
मोर्निङ ग्लोरी इन्टरटेन्मेन्टले दशैंको उपलक्ष्यमा फेशन शो कार्यक्रम गरेको छ । कार्यक्रम ‘जनावरहरु खानेकुरा होइनन्, साथी हुन्’ भन्ने मर्मका साथ गरिएको थियो ।
शनिवार काठमाडौंको भिभा बैंकटमा आयोजित फेशन शो मा काठमाडौंका चर्चित कलाकार र मोडलहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा चित्या देवी, हास्यकलाकार बसुन्धरा भुसाल, कलाकारहरु अशिस्मा नकर्मी, क्षितिजा शाक्य, कला सुब्बा, निकल एल्रोय लगायतको प्रस्तुती रहेको थियो ।
कुन्ती मोक्तान, सपन श्रेष्ठ, सुनिता प्रधान लिम्बु र विपासना खनालसमेत सहभागिता रहेको फेशन शोको कोरियोग्राफी प्रतिमा श्रेष्ठले गरेकी थिइन् ।