पशुपति पुष्पबाटिका परिसरमा दुईमहिनादेखि सयौं भोकाहरुलाई खुवाइदै
प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार
पशुपतिको पुष्पबाटिका परिसरमा हरेक दिन दीनदुखीलाई भोजन गराउन सुरु गरेको दुईमहिना पूरा भएको छ । भोजनका लागि विभिन्न व्यक्तिको सहयोग प्राप्त हुने गरेको छ । हरेक दिन यहाँ सयौं भोका दीनदुखीहरुले निशुल्क भोजन गर्दै आएका छन् । बच्चाको जन्मदिन, विवाह, आफ्नो जन्मदिन वा अन्य कुनै सन्दर्भ पारेर समेत भोजन गराउन सकिने प्रबन्ध रहेको दयाराम अग्रवालले जनाउनुभएको छ । त्यसका लागि अग्रवाललाई ९८४९८२३८०४ मा सम्पर्क गर्न सकिनेछ । निशुल्क भोजनका केही तस्विर । यीमध्ये केही तस्विर दयाराम अग्रवालको फेसबुकबाट साभार गरिएको हो ।