सिरियाको टीपीएस थपिंदा नेपालको सम्भावना बढेको हो ?


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

अमेरिकी सरकारले यहाँ रहेका सिरियनहरुका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस अर्थात् टीपीएसको अवधि थपेको छ । बुधबार होमल्याण्ड सेक्युरिटीले सिरियाको टीपीएस १८ महिनाका लागि थपेको घोषणा गरेको हो । अब सिरियाको टीपीएस २०१९ को सेप्टेम्बर ३० सम्मका लागि थपिएको छ ।

सिरियालाई अमेरिकाले सन् २०१२ को मार्च २९ मा टीपीएस प्रदान गरेको हो । अमेरिकामा झण्डै ७ हजार सिरियनले टीपीएसबाट संरक्षण पाइरहेका छन् । सिरियामा जारी सशस्त्र युद्धका कारण सिरियालाई टीपीएस प्रदान गरिएको हो ।

अमेरिकाले एकपछि अर्को देशको टीपीएस खारेज गर्दै आएको अवस्थामा नेपालको टीपीएस थपिनेमा आशंका बढिरहेको अवस्थामा सिरियाको टीपीएस थपिदा अमेरिकामा रहेका नेपालीहरु आशावादी देखिएका छन् । तर भूकम्पका कारण टीपीएस प्रदान गरिएको हैटीको टीपीएसको अवधि नथपिएका कारण नेपालको अवधि थपिनेमा पनि आशंका भने कायमै छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com