छिटो एसाइलम अन्तरवार्ता हुनेको अदालती सुनुवाई पनि छिटो
प्रकाशित मिति : माघ २४, २०७४ बुधबार
अमेरिकी सरकारले एसाइलमका नयाँ आवेदकको अन्तरवार्ताको मिति २१ दिनभित्र दिने नीति ल्याएपछि नयाँ आवेदकले युएससीआईएसमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट पाउने सम्भावना न्यून रहेको छ ।
तर युएससीआईएसबाट अस्वीकृत भएका आवेदन अध्यागमन अदालतमा गइसकेपछि वर्क परमिट पाउने धेरैको आशा रहेपनि त्यो सम्भावना समेत कम रहेको कानुनविदहरुले बताएका छन् । युएससीआईएसबाट अस्वीकृत भएका आवेदन अध्यागमन अदालतले पनि छिटो टुंगो लगाउने गरी अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले गृहकार्य गरिरहेको छ ।
अमेरिकाका चर्चित कानुन व्यवसायी ज्यासन जुबोले भनेका छन् – ‘सन् २०१४ को डिसेम्बर अगाडि एसाइलमको आधारमा वर्क परमिट नभएका आवेदकको मुद्दामा इमिग्रेशन अदालतले छिटो सुनुवाई गथ्र्यो । अब पुन त्यही गर्ने देखिएको छ । त्यसैले अब कसैको युएससीआईएसमा छिटो अन्तरवार्ता भएर अदालतमा रिफर गरिएको छ भने त्यस्ता व्यक्ति अदालतमा छिटो सुनुवाई मितिका लागि तयार हुनुपर्नेछ ।’
त्यस्तै अर्का कानुन व्यवसायी केशव सेडाईले पनि युएससीआईएसमा छिटो एसाइलम अन्तरवार्ता भएकाहरुको केस छिटो टुंग्याउनका लागि अदालतले त्यही खालको संयन्त्र बनाउने तयारी गरिरहेको जानकारी दिएका छन् । सेडाईले भनेका छन् – ‘युएससीआइएसबाट आवेदन स्वीकृत नभएमा अदालतमा जाने समयमा आवेदकलाई जेलमा राख्ने र अदालतको केस जेलबाटै लड्नुपर्ने प्रावधान ल्याउन समेत रिपब्लिकनहरुबीच छलफल चलिरहेको छ ।’
अमेरिकी सरकारले बदलेको एसाइलमको नयाँ नियम र प्राथमिकताबारे कानुन व्यवसायी केशव सेडाई