खाद्यमा खसीबोका खोसाखोस (भेजिटेरियनले नहेर्नुहोला !)
प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार
दशैं नजिकिदै गर्दा काठमाडौंमा खसीबोका किन्नेहरुको भींड लागिरहेको छ । राजधानीबाहिर दशैं मनाउन जानेहरुको भींड बसपार्कतिर भएपनि राजधानीभित्रै दशैं मनाउनेहरुको भींड खसीबजार र मलहरुतिर छ । दशैंको अवशरमा खाद्य संस्थानले थापाथलीमा खसीबोका र च्यांग्राको ब्यापार गरिरहेको छ । असोज १६ देखि खसी, बोका र च्यांग्राको बिक्री सुरु भएको हो । बाहिरी बजारमा भन्दा खाद्य संस्थानमा खसीबोका र च्यांग्राको मूल्य केही कम भएकाले उपभोक्ताहरु खसी, बोका र च्यांग्रा किन्न खाद्य संस्थान थापाथलीमा गएपनि तौल गर्ने मेसिन पूरानो र अवैज्ञानिक भएकाले उपभोक्ताहरुले ठगिएको गुनासो गरेका छन् । खाद्य संस्थानमा खसीबोका सम्बन्धि खसोखासको फोटो फिचर ।