निबन्ध (अनूदित कथा)
प्रकाशित मिति : आश्विन २४, २०७३ सोमबार
-आषिस श्रीवास्तव (भारत)
एउटा प्राथमिक विद्यालयकी शिक्षिकाले विद्यार्थीहरूलाई निबन्ध लेख्न लगाइन । निबन्धको विषय थियो “भगवानसँग तिमीहरू के बन्न चहान्छु भनेर वर माग्छौ ?”
एउटा विद्यार्थीले लेखेको निबन्धले शिक्षिकालाई यति भावुक बनायो कि उनी रुदै-रुदै घर गइन ।
पतिले रुनुको कारण सोध्दा उनले जवाफमा यी यो पढ्नुस मेरा विद्यार्थीहरूमध्ये एउटाले लेखेको निवन्ध, भनेर पतिका हातमा निबन्ध थमाई दिइन ।
निबन्ध यस्तो थियो-
“हे भगवान मलाई टि. भी. बनाई देऊ ताकी मेरो परिवारमा मेरो खास ठाउँ होस् । बिना रोकटोक वा बिना प्रश्न मेरा कुरा ध्यान दिएर सुनून र मलाई परिवारले हेरुन । जब मलाई केही हुन्छ तब टि. भी. बिग्रियो भनेर घर भरि खैलाबैला मच्चिन्छ र घरका मानिस मलाई चाडो-चाडो ठिक भएको हेर्न लालायित हुन्छन ।”
“यसै पनि बाबा-मामुसँग स्कुल र अफिसका लागि नै समय पुग्दैन तर जब म बिरामी हुन्छु तब मेरा बाबा-मामुका अफिसको पिउन र अफिसका कर्मचारी मेरो स्वाथ्य सुधारका लागि कुद्दै आउनेछन् । हजुरबाले पटक-पटक टि. भी. बनाई दे भनेर बाबालाई फोन गर्नु हुनेछ । हजुरआमाको मन परेको सिरियल आउन आँट्यो । मेरी दिदी पनि मसँग बस्नका लागि सबैसँग सधै झगडा गर्ने छन् । बाबा जब अफिसबाट थाकेर आउनुहुन्छ अनि मसँगै समय बिताउनु हुनेछ । मलाई लाग्छ परिवारका सबै सदस्य पक्का पनि अलिकति समय त पक्कै पनि मसँग बिताउन चाहनेछन् । म सबैका आँखामा कहिले खुसीको आँसु त कहिले दु:खको आँसु देख्न पाउँनेछु ।”
“आज म स्कुले बच्चो एउटा मिसिन बनेको छु । स्कुलमा पढाइ, घरमा होमवर्क अनि ट्युसनमाथि ट्युसन । न खेल्न पाउँछु न पिकनिक जान पाउँछु त्यसैले भगवान म टि. भी. जस्तै भएर बस्न चाहन्छु ।
कमसे कम म सबै परिवारसँग आफ्नो अमूल्य समय बिताउन त पाउँछु ।”
पतिले सबै निबन्ध ध्यान दिएर पढ्यो र भन्यो-“हे भगवान कति निर्दयी होलान यस दु:खी बालकका बाबु-आमा ?”
पत्नीले करुणा भरिएका नजरले पतिलाई हेरिन र भनिन-“यो त हाम्रो छोराले लेखेको निबन्ध पो हो त ।”
अनु: जीवन ‘पीडित’ दहाल/मझेरी डटकम