टेक्सासमा ५ बम बिष्फोटपछि छैठौं बिष्फोटमा बिष्फोट गराउनेकै मृत्यु


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

टेक्सासमा ५ वटा बम बिष्फोटनका घटना र प्रयासपछि छैठौं बिष्फोटमा बिष्फोट गराउनेकै मृत्यु भएको छ । बुधबार विहानै भएको एउटा बिष्फोटमा बिष्फोट गराउनैकै मृत्यु भएको हो ।

टेक्सासमा १९ दिनको अवधीमा भएका ५ वटा बम बिष्फोटमा २ जनाको मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए । मार्च २ मा भएको बिष्फोटमा एकजनाको मृत्युपछि मार्च १२ मा भएको बिष्फोटमा अर्का एकजना मारिएका थिए ।

घरबाहिर छाडिएको कुरिएरको जस्तो प्याकेटभित्र लगेर खोल्दा बम बिष्फोट भएको थियो । जसमा १७ बर्षका विद्यार्थी मारिएका थिए । मार्च १८ र मार्च २० को बिष्फोटपछि मार्च २१ म भएको बिष्फोटमा बिष्फोटनकारीकै ज्यान गएको हो ।

प्रहरीले बिष्फोटमा मारिएको संदिग्धको नाम बताएको छैन । तर त्यो ब्यक्ति टेक्सासको अष्टिन क्षेत्रमा बस्ने २४ बर्षको श्वेत व्यक्ति भएको जनाइएको छ । उसले के कारणले श्रृंखलाबद्ध बम बिष्फोट गराएको हो भन्ने केही खुलेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com