शम्भुजीतले छमछमी नचाए न्युयोर्कका नेपालीलाई
प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार
दीपक परियार
‘यो गाऊँ को ठिट्टो म कान्छा मेरो नाम, आँउदै जानु गर्नू है सबलाई राम राम’ गीत गाएर चर्चित गायक एवं संगीतकार शम्भुजीत बास्कोटाले न्यूयोर्कवासी नेपाली लाई आफ्नो गाऊँ, समाज र देश लाई माया गर्न आह्वान गरे।
संगीतका पारखीहरू बाक्लो उपस्थिति रहेको संगीतमय साँझ मा उनले ” यति धेरै माया दिई,पर्खीबसे आउला भनि, लाईदेउ,लाईदेउ माया लाईदेउ एऽऽऽ संगीता…लगायत दर्जनौ गीतहरू गाएर दर्शकहरू लाई कहिले छमछमी नचाए,कहिले प्रेम,बिछोड का गीतहरूले दर्शकलाई स्तब्ध बनाए। उनलाई माया गर्नेहरू को लहर संसारभर देख्न पाऊँदा आफ्नो जोश, जाँगर झन पछि झन बढेको बताउँदै अझै पनि संसारभरि का नेपाली लाई गीत,संगीत को माध्यमबाट मनोरंजन दिलाउने आफ्नो प्रयास जीवनभर जारी राख्ने प्रण गरे ।
नेपाली कि छोरी तथा मीठो स्वर कि धनि गायिका सपना श्री ले बास्कोटा लाई साथ दिएकी थीईन।उनका कालजयी गीतहरु नेपाली मनहरू मा दुःख सुख का सारथी नै बनेका छन। चर्चित सेक्सोफोन वादक मनोहर सुनामले थूप्रै नयाँ, पुराना गीतहरू को मीठा मीठा धुनहरू सुनाएका थिए।लामो समय देखी संगीत क्षेत्र मा क्रियाशील सुनाम सेक्सोफोन लगायत धेरै बाजा हरू का बिज्ञ मान्निछन।
यू.यस. अनलाईन ले आयोजना गरेको कार्यक्रम मा नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी ले शम्भुजीत बास्कोटा, मनहोर सुनाम, साहित्यकार क्रिशू क्षेत्री,सपना श्री गितारवादक शिशिर श्रेस्ठ,बालकलाकार जारा र सिमरन लगायत लाई सम्मान गर्नू भएको थियो।
यू.यस.अनलाइन प्रधान-सम्पादक प्रदीप परियार थापा ले दिन प्रति दिन नेपाली कला, संगीत ओझेल पर्दै गएको मा चिंन्ता ब्यक़्त गर्दै यो कार्यक्रम को उध्श्य नेपाली-नेपाली बीच को आपसी सदभाव,माया, प्रेम र भाईचारा सम्बंध कायम राख्नु नै भएको बताउदै सबै सहयोगी र सम्पूर्ण सहभागीहरू लाई धन्यवाद दिए ।