मखमली सयपत्री फूलिसके होलान् ……
प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार
उज्यालो र करुणाको पर्वका रुपमा मनाइने तिहार नजिकिदै गर्दा फूलेका सयपत्री र मखमलीले अहिले सिंगै नेपाल ढकमक्क भएको छ । काठमाडौंमा कौसी, बँगैचा र मलहरुमा सयपत्री ढकमक्क देख्न सकिन्छ भने गाउँगाउँमा सयपत्री फुल्न थालिसकेको छ । दशैंमा जनावरहरुको मारकाट धेरै हुने तर तिहारमा जनावरहरुको पूजाआजा हुने भएकाले धेरैजसोले तिहारलाई करुणा र ममताको चाडका रुपमा लिने गर्छन् । तिहार नजिकिदै गर्दा काठमाडौंको चर्चित मल भाटभटेनीमा सजाइएका सयपत्री । फोटो : किशोर पन्थी / खसोखास