लुम्बिनी वल्र्डवाइड इन्कलाई न्युयोर्कसिटीबाट अध्यागमन सहायता सेवा प्रदायकको अनुमति
प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वल्र्डवाइड इन्कले न्युयोर्कसिटीबाट समेत अध्यागमन सहायता सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको छ । न्युयोर्क सिटी प्रशासनिक कोड २० ७७६ अनुशार लुम्बिनी वल्र्डवाइड इन्कलाई यस्तो अनुमति प्रदान गरिएको हो ।
स्वतन्त्र पारालिगल तथा कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेबाट संचालित लुम्बिनी वल्र्डवाइड इन्कले नागरिकता, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन फर्म भर्न सघाउने, पेशागत सपथपत्रहरु लेख्न सघाउने लगायतका पारालिगल सेवाहरु गर्दै आएको छ । त्यसका लागि ७१८ ७९५ ७५८५ मा सम्पर्क गर्न समेत सकिनेछ ।
अध्यागमनबारेका फर्महरु युएससीआईएसको सहयोगमा निशुल्क पनि भर्न सकिन्छ । कानुनी कार्यालयहरुमा पनि त्यस्ता फर्महरु भरिने भएतापनि तुलनात्मक हिसाबले पारालिगल अफिसमा भने सस्तोमा सहायता प्राप्त गर्न सकिन्छ ।