पत्रकार महासंघ बेलायत अध्यक्षमा नरेश, वरिष्ठ उपाध्यक्षमा ध्रुबराज र श्याम
प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार
नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन एक अध्यक्ष, दुई बरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र तीन सचिव लगायतका पदाधिकारीहरु चयन गर्दै सम्पन्न भएको छ । शाखामा नरेश खपाङ्गी मगर दोश्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् । शनिबार बेलायतको अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिवेसनले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुञ्जा र बिमला सेने, महासचिवमा सञ्जय कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन कार्की, कोषाध्यक्षमा सिद्धार्थ बिक्रम क्षेत्री र सहकोषाध्यक्षमा रोशन राई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ, नरेश काङमाङ, सुरेन्द्र इङनाम, तीर्थ बहादुर मल्ल (अनिल), गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट चयन भएका छन् । नवगठित पदाधिकारीहरुले आजै सपथ लिएका छन् । तर केही पदाधिकारीहरुले भने चयन प्रकृयामा असहमति जनाउँदै सपथग्रहण गरेनन् ।
लण्डनस्थीत नेपाली दूतावासका उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टको विशेष उपस्थीति रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले अधिवेशन सफलताको शुभकामना समेत दिएका थिए ।
फोटो: शिव भण्डारी